औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मनायो २८औँ वार्षिकोत्सव

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८औं वार्षिक उत्सव सम्पन्न भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इ. उमेशकुमार गुप्ताले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोकेका कार्यक्रम सम्पन्न भएको बताएका हुन् ।

बिज्ञापन

पछिल्लो समय प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत १८३ जना सिफारिस भएकामा १६५ ले कर्जा पाइसकेका छन् ।

बिज्ञापन

प्रतिष्ठानले सम्भाव्य उद्यमीहरू र उद्योग व्यवसाय गरिरहेका उद्यमीहरूलाई पनि विभिन्न प्रकारका तालिमहरू प्रदान गर्दै आएको छ। साथै कार्यमूलक अनुसन्धान र उद्योग व्यवसायमा संलग्न संघसंस्थाहरूको जनशक्ति विकास कार्यक्रम समेत गर्दै आएको छ।

प्रतिष्ठानले नेपाल सरकारको महत्वपूर्ण स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यक्रमलाई पनि कार्यान्वयन गर्दै आएको छ। चालु आ.व. मा स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि सरकारले १ अर्ब रुपैयाँविनियोजना गरेको छ। प्रतिष्ठानमा यस कार्यक्रमका लागि ५ हजार १ सय ५८ वटा परियोजना प्रस्ताव प्राप्त भएका छन् । त्यस्तै, प्रतिष्ठानमा उद्यम संवर्धन केन्द्र स्थापना भएको छ। यस केन्द्रले नयाँ सोच भएका व्यक्तिहरूलाई उद्यमी बन्नका लागि विभिन्न किसिमका मेन्टरिङ कार्यक्रम प्रतिष्ठानले गर्दै आएको जनाएको छ ।

बिज्ञापन

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव तथा प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर राउतले प्रतिष्ठानले हालसम्म सम्पन्न गरेका कार्यक्रमहरूको प्रशसा गर्दै आगामी दिनहरूमा सरकारले दिएको जिम्मेवारी अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव दिए।

प्रतिष्ठानका कार्यकारी निर्देशक इ. उमेशकुमार गुप्ताले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोकेका कार्यक्रम सम्पन्न गर्न प्रतिष्ठान तत्पर रहेको धारणा व्यक्त गरे।

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

कितावखानाको सेवा अब ‘नागरिक एप’ मा : PIS प्रणाली पुनःसञ्चालन, सेवा डिजिटलरुपमा विस्तार

खतिवडाकाे गुनासाेः ‘छलफलमा कानुन र सामान्य प्रशासन मन्त्रालयका अधिकारी आएनन्’

संघीय निजामती बिधेयकमा हेरफेर `सुनियोजित अपराध`: नारायणकाजी

संघीय निजामति बिधेयकमा बदमासी गर्नेलाई कारबाही हुनुपर्छ: प्रचण्ड

‘कुलिङ पिरियड’मा भएको हेरफेर छानबिन गर्न सभामुखलाई सङ्घीय मामिलामन्त्री गुप्ताको आग्रह

पौडेलको कार्यशैलीप्रति असन्तुष्टि, गृहमन्त्रीका निजी सचिवदेखि प्रशासन शाखाका कर्मचारीसम्म रसुवाको दौडमा

‘विश्वास’ र ‘कृपया’ अभियान स्थानीय विकासको रूपान्तरणकारी अवधारणा 

बिशेष