भ्रष्टाचार मुद्धामा उपसचिव,लेखापालसहित पाँच दोषी ठहर

भ्रष्टाचार मुद्धामा उपसचिवसहित पाँच दोषी ठहर भएका छन् । विशेष अदालतले भ्रष्टाचार मुद्धामा तत्कालीन मेयर,उपमेयर,प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनालाई दोषी ठहर गरेको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १४ चैत ०८० मा हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको दाबीसहित सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतलाई प्रतिवादी बनाएर मुद्धा दायर गरेकोमा विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर भएको फैसला गरेको हो ।

बिज्ञापन

नगरपालिकाले आर्थिक वर्ष ०७८/ ७९ मा प्रशासनिक भवन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । जबकि उच्च अदालत जनकपुर राजविराज इजलासले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय स्थानान्तरण नगर्नू–नगराउनू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतका नाममा आदेश दिएको थियो । उक्त आदेश बेवास्ता गर्दै मेयर गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले प्रक्रिया थालेको भन्दै अख्तियारमा उजुरी परेको थियो । स्थानीय तहको केन्द्र परिवर्तनको निर्णय नहुँदै वडा नम्बर ५ मा भवन निर्माणका लागि ०७८ माघमा ठेक्का आह्वान भएको थियो । यस्का अलवा नगरपालिकाले पेस्कीस्वरूप एक करोड आठ लाख रुपैयाँसमेत ठेकेदारलाई उपलब्ध गराएको थियो । तर, ठेकेदारले त्यसअनुसार काम समेत नगरेको भेटिएको हो ।

दोषी ठहर हुनेहरूमा पूर्वमेयर गंगा पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव छन् ।

बिज्ञापन

 

उनीहरूलाई सजाय निर्धारणका लागि भने १० मंसिरको पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरण : विचौलिया पछि मतियारलाई पाँच लाख धरौटीमा छाड्न आदेश

मेडिकलको नाममा वैदेशिक रोजगारीमा संगठित बेथिति: ३६ स्वास्थ्य संस्था र मेनपावरको मिलेमतोमाथि कडा छानबिन

व्यक्तित्व विकासका लागि जीवन परिवर्तन गर्ने १० पुस्तकहरू

अख्तियारमै कार्यरत डीएसपीमाथि छानबिन

हाइकुहरू

अधिकृत खटाइँदा झापामा ‘सेटिङ’को आशंका, कर्मचारी असन्तुष्ट

बहालवाला उपसचिव नै काँग्रेस उमेद्धारको चुनाव प्रचार प्रसारमा

निजामती प्रशासनको चुनौतीपूर्ण भावीमार्ग  

बिशेष