राजस्व अनुसन्धान बन्यो असुली अड्डा, ‘छायाँ डिजी’ बिसीकै चकचकी

राजश्व अनुसन्धान विभागमा महानिर्देशकमा हालैमात्र नियुक्ति भएर गएकाछन् चण्डी घिमिरे । लामो समय उद्योगमा बसेका एमाले पार्टीसँग घनिष्ठ सम्बन्ध रहेका घिमिरे प्रतिष्प्रर्धी अन्य सहसचिवलाई पछि पार्दै राजश्वको अनुसन्धान विभागको कमाण्डर बन्न पुगेका हुन ।

बिज्ञापन

तर त्यो विभागमा सहसचिव भन्दा उपसचिव शक्तिशाली रहेको चर्चा चल्न थालेको छ अहिले विभागकै कर्मचारीहरुबीच । चक्र बहादुर बूढा विभागको डिजी हुँदा त्यहाँ पुगेका उपसचिव छन्,राजन बिसी । राजश्व प्रशासनमा बसेर सबैभन्दा धेरै लाभ लिने कर्मचारीमा पर्दछन् उनी ।

बिज्ञापन

एमालेको राजनीतिबाट यूर्टन भएर बिसी निजामतीमा प्रवेश गरेका हुन । जानकारहरुका अनुसार उनी ०५४ साल अघि राजनीतिमा थिए । त्यसपछि निजामती सेवामा लागेको । बिसीको पत्नी त अहिले पनि एमालेकै सक्रिय राजनीतिमा छिन् ।त्यसैको क्रेडिट लिएर अहिले बिभाग हाकिरहेका छन् ।बीसी राजस्व अनुसन्धान विभाग पछिल्ला उद्योगी ब्यापारीलाई तर्साउने र भन्सार छलीका सामान भित्र्याउने तस्करहरुसँग फाइदा लिने निकायका रुपमा चिनिन थालेको छ ।

बिभागबाट खटिएको टोलीले बुधबार ललितपुरको लेलेबाट समातिएकोमा ६ वटा सेटिङ मिलाएर सुटुक्क छाडिएको स्रोतले बताएको छ ।४ टिफर विभागमा ल्याइएको छ । ६ टिफर निर्देशक बीसीले सेटिङ मिलाएर छाडेको स्रोतले बताएको छ । गिटी बोक्ने टिफरका मालिकसँग ठूलै रकम मोलतोल गरी ६ वटा सुटुक्क छाडेको आरोप निर्देशक बीसीमाथि लागेको छ ।

बिज्ञापन

लामो समय तराईका राजश्व कार्यालयहरु बसेर आएका उनको विशेष सम्बन्ध छ भन्ने गरिन्छ व्यवसायीहरुसँग । यस अघि बुटबलमा दुई बर्ष,लगतै पथलैया २ बर्ष चलाएका उनको व्यापारीसँग निकै राम्रो साँठगाँठ र उठबस रहेको बताइन्छ । यस पटक पनि पथलैया वा वुटलमै जान निकै जोडबल गरेका थिए । त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामार्फत लबिङ्ग पनि गरे,तर एक पटक बसिसकेको कार्यालयमा पुन नपठाउने प्रम कार्यालयको नीतिका कारण उनलाई त्यता खटाइएन ।
त्यहाँ भन्दा उनले विशेष सम्बन्ध स्थापित गरेका हुन मारवाडी व्यापारी र विचौलियाहरुसँग । विशेष गरी विशेष गरी वुटवलका कमल मालपानी (गुट्का व्यवसायी),रुन्चे मदन ट्रान्सपोर्टका मनोज गुप्ता,गुप्ता वीरगञ्जका व्यवसायी हुन । मुर्तुजा नामले चिनिने मोर्टस पार्टसका व्यवसायीका साथैं चामल व्यवसायी राजकुमार रुन्ताका अलवा कवाडी व्यवसायी गौरव अग्रवाल,सुनको व्यापारी सन्दिप सर्राफसँग निकै निकट सम्बन्ध रहेको उनी निकट कर्मचारीहरु बताउँछन् ।

साढे दुई महिना अगाडि राजश्व अनुसन्धान विभाग पुगेका उनलाई चक्र बहादुर बूढाको तीन नम्बर पिल्लरको निर्देशकको जिम्मेवारी दिएका थिए ।साथै उनले २ नम्बर पिल्लर हाकिरहेका छन् ।

त्यो शाखामा जल्दाबल्दा कम्युटर अपरेटर छन् यम तिवारी । उनी काँग्रेस निकट कर्मचारी युनियनमा आवद्ध छन् । यम तिवारीसँग उपेन्द्र शाहीसँग निकै राम्रो सम्बन्ध रहेको कर्मचारीहरु बताउँछन् । शाही तिनै पात्र हुन,जस्ले बूढासँग जोडिएको अडियो काण्डमा पछि छरपष्ट भएको थियो । तिवारीले बिसीलाई शाहीसँग जोडाइदिएको स्रोतको दावा छ । यही शाखाले केही दिन अगाडि आइएमइ समूहले खरिद प्रुडेन्सियल इन्स्योरेन्सलाई हानेको थियो ।

हालैमात्र विभागले केही कर्मचारीहरु खटन पटन गर्दा उनै बिसी हावी भएको कर्मचारीहरु बताउँछन् । त्यहाँ काविल अफिसरलाई रोकेर बदनाम कर्मचारी भित्र्याउने काम उनैले गरेको अधिकृतहरुको आरोप छ ।पछिल्लो समय उत्तर कुमार घिमिरे इटहरी,उमेश रिमाल कोहलपुर,सहायक सिडियो हरि शर्मा पथलैया पुगेका छन् । राजश्व मातहतको सबैभन्दा बढी चलखेल हुने ठाउँ यिनै हुन । अर्को चल्तापुर्ता उपसचिव विवेक घिमिरे,बुटवल पुग्दा राजकुमार खतिवडा विभागमा ल्याइएको छ यस्तै । प्रकाश पोखरेल पहिला ५ नम्बर शाखामा बसेका ।काजु काण्डमा मुछिएर भैरहवाबाट तानिएका मणिराम पौडेल विभागमै छन् । उनी एउटै कार्यालयमा दुई पटक प्रमुख भएर बसेका हुन ।

पछिल्लो समय चाडपर्वको मुखमा दर रेट तोकेर दिने व्यवसायीलाई उन्मुक्ति दिने र नदिनेलाई समाउने काम गर्दै आएको व्यवसायीहरुको आरोप छ । यस्तै उनले भन्सार एजेन्टसँग पैसा उठाउने गरेको आरोप एकाथरी कर्मचारीहरुले लगाउने गरेको छ । विभिन्न मारवाडी व्यापारी,ट्रान्सपोर्ट कम्पनीका व्यापारीलाई बाहिर भेट्न बोलाउने,मोलमोलाई गर्ने र दुख दिने गरेको आरोप छ ।

यो बिषयमा राजन विसीसँग कर्मचारी प्रेसले जिज्ञासा राख्दा वीसीले यी सबै मनगढन्ते, कपोलकल्प‍ित र काल्पनिक आरोप रहेको बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

बिशेष