गृहमा अनेकन गडबडी

लाहुरेभन्दा गुण्टाको फुर्फुर धेरै छ,सिंहदरबारतिर । गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडी भन्दा पावरफुल छन्,त्यहाँका स्वकीय र पिए ।
मन्त्री रमेश लेखकले आफ्नो भेगीय र तुलनात्मक रुपमा इमान्दार र क्षमतावान धर्मराज जोशीलाई सचिवालयमा राखेका थिए तर उनलाई अध्यागमनमा फालेर त्यहाँ अहिले बद्री तिवारी आइपुगेका छन् । उनै तिवारी कर्मचारी र प्रहरी प्रशासनको सरुवामा हावी हुन थालेका छन् ।

बिज्ञापन

तिवारी यस अघि दिल्ली दुतावासमा थिए । डिभिजन सहकारी कार्यालय ललितपुर,यस अघि रमेश लेखक मन्त्री हुँदा उनकै सचिवालयमा बसेका कर्मचारी हुन । शेरबहादुर प्रम हुँदा उनकै सचिवालयमा बसेका उनी यस पटक मन्त्री लेखकलाई निगरानी गर्ने खटाइएको बताइन्छ ।

बिज्ञापन

उसो त अहिले गृह प्रशासनमा पर्वतेहरु हाबी छन् । मन्त्रीको निजी सचिव तिवारी,कर्मचारी प्रशासनका हाकिम छवि रिजालदेखि ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएका रमेश ढकाल समेत पर्वते हुन । ढकाल सहसचिव भएको दुई बर्ष मात्र भयो । तिवारी सचिवालयमा आए लगतै अध्यागमनमा ४० जना अधिकृतहरु खटाइएको छ । जबकी त्यहाँ ९ जना अधिकृतको दरबन्दीमात्र रिक्त हो । त्यसरी अधिकृत खटाइँदा अधिकाश पर्वतकाले अवसर पाएका छन् ।

कर्मचारी सरुवा गरिँदा प्रचलित ऐन कानुन विपरित सरुवा गरिएको गुनासो चुलिएको छ । यस अघि ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृत चलाएका गणेश अर्याललाई रुपन्देहीबाट वीरगञ्ज लगियो । एमाले निकट रहेका वासुदेव घिमिरेलाई पोखराबाट तानेर केही समय गृहको बरण्डामा राखेर अहिले रुपन्देही लगिएको छ ।
लालबाबु कवारीलाई  आफ्नै गृह जिल्ला महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । सहसचिव बसन्त अधिकारीलाई चलखेलका आधारमा वारा पठाइएको छ भने सहसचिव भएको दुई बर्षमै रमेश ढकाल ललितपुरमा पठाइएको छ ।
गृहका सदाबाहार सिडियोका रुपमा चिनिएका उमेश ढकाल काभ्रे पुगेका छन् । जति सिडियो भएका छन्,आर्थिक चलखेलकै आधारमा भएका हुन अर्काे सहसचिव भन्छन् । पूराना र योग्य कर्मचारीले जिम्मेवारी पाएका छैनन् । जस्तो चितवनबाट इन्द्रदेव यादवलाई अहिले गृहको बरण्डामा राखिएको छ । यादव गृह प्रशासनको काविल अफिसर मानिन्छन् । अर्काे काविल सहसचिव भीष्म भुसाल सिडियो बन्ने चाहना राखे,अनेकौं पटक अनुरोध गरे तर विपद् प्राधिकरणमा थन्काइएको छ ।

बिज्ञापन

रामबन्धु सुवेदी,रोशनीकुमारी श्रेष्ठ,तुलसीबहादुर श्रेष्ठ,शशिधर घिमिर लगायतका काविल सहसचिवलाई बरण्डामा थन्काएर सहसचिवको दरबन्दी रहेको डोटी,बैतडी,डडेल्धुरा,अछाम,जुम्ला,दैलेख,सल्यान,प्यूठान,अर्घाखाँची,रामेछापमा उपसचिवलाई पठाइएको छ । सरुवा मापदण्डमा आफ्नै गृहजिल्लाको नेतृत्व दिएर कर्मचारी नपठाउने भनिएको छ तर नवराज जैसीलाई गृहजिल्ला दैलेख, लालबाबु कवारीलाई महोत्तरी र रामकृष्ण अधिकारीलाई गृहजिल्ला नुवाकोटमै खटाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरण : विचौलिया पछि मतियारलाई पाँच लाख धरौटीमा छाड्न आदेश

मेडिकलको नाममा वैदेशिक रोजगारीमा संगठित बेथिति: ३६ स्वास्थ्य संस्था र मेनपावरको मिलेमतोमाथि कडा छानबिन

व्यक्तित्व विकासका लागि जीवन परिवर्तन गर्ने १० पुस्तकहरू

अख्तियारमै कार्यरत डीएसपीमाथि छानबिन

हाइकुहरू

अधिकृत खटाइँदा झापामा ‘सेटिङ’को आशंका, कर्मचारी असन्तुष्ट

बहालवाला उपसचिव नै काँग्रेस उमेद्धारको चुनाव प्रचार प्रसारमा

निजामती प्रशासनको चुनौतीपूर्ण भावीमार्ग  

बिशेष