सरकारसँग छैन वैदेशिक अध्ययनमा गएका कर्मचारीको विवरण

कोही जागिरे जीवनभर एक चोटी प्लेन चढ्न नपाउने,विदेशी भूमि टेक्नै नपाई अवकाशमा जाने । केही अध्ययन,सेमिनारका नाममा दर्जनौ पटक विदेश डुल्ने,तीमध्ये केही उतै भासिने । सरकारी कोटाबाट अध्ययन बिदामा चीन,अमेरिका,जापान,अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका मुलुकमा पुगेका कर्मचारी उतै बेपत्ता हुने सिलसिला बढ्दो छ ।
फितलो कानुनका कारण कर्मचारीमा यस्तो मनोबल बढ्दै गएको छ । निजामती सेवा ऐनको दफा ४० (ख)मा विदेशमै बेपत्ता हुने कर्मचारीमाथि बर्खास्त गर्ने र हालसम्म सरकारबाट लिएको रकम असुलउपर गर्ने गरी कारबाही प्रक्रिया अघि बढाउनु पर्ने भए पनि भगौडा कर्मचारीलाई बर्खास्त मात्र गर्न सकिएको छ । न त उनीहरुबाट असुल उपर गर्न सकिएको छ । राज्यले लाखौं लगानी गरेर विदेश पढ्न पठाएकाहरु उतै भासिनेक्रम बढ्न थालेसँगै सरकारका लागि टाउको दुखाईको बिषय बन्न थालेका छ । विशेष गरी प्राविधिकतर्फका कृषि,वन,स्वास्थ्य सेवाका कर्मचारीहरु पीचएडी गर्न भन्दै वैदेशिक अध्ययनका नाममा विदेशिने र स्वदेश नफर्कने रोग बढ्न थालेसँगै सरकारी अधिकारीहरुको टाउको दुखाईको बिषय बन्न पुगेको हो ।

बिज्ञापन

अध्ययन बिदा लिएर उतै पलायन हुने कर्मचारीको संख्या ५ सयभन्दा माथि छ । विशेष गरी चीन,अमेरिका,कोरिया,क्यानडा लगायतका मुलुकहरुले नेपालबाट हरेक बर्षजस्तो सयौंका संख्यामा कर्मचारीलाई वैदेशिक अध्ययनको नाममा लैजादै आएको छ । सरकारी सुविधामा विदेश अध्ययनमा जाँदा फर्केर राष्ट्रको सेवा गर्ने कबुलियत गरेर सरकारकै कोटामा विदेश जाने, तर उतै बेपत्ता हुने प्रवृत्ति डरलाग्दो देखिन थालेको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासनका एक अधिकारीका अनुसार,यसरी अध्ययन बिदा लिएर उतै पलायन हुने कर्मचारीको संख्या ५ सयभन्दा माथि छ । विशेष गरी चीन,अमेरिका,कोरिया,क्यानडा लगायतका मुलुकहरुले नेपालबाट हरेक बर्षजस्तो सयौंका संख्यामा कर्मचारीलाई वैदेशिक अध्ययनको नाममा लैजादै आएको छ । सरकारी सुविधामा विदेश अध्ययनमा जाँदा फर्केर राष्ट्रको सेवा गर्ने कबुलियत गरेर सरकारकै कोटामा विदेश जाने, तर उतै बेपत्ता हुने प्रवृत्ति कतिसम्म डरलाग्दो रुपमा बढ्दै गइरहेको छ ।
अघिल्लो आर्थिक बर्षमा वन सेवाका झण्डै आधा दर्जन कर्मचारी उसैगरी विदेश भासिए ती नेपाल फर्किएनन् । यसरी हराउनेमध्येका एक हुन्, खानी तथा भूगर्भ विभागका इन्जिनियरिङ सेवा, मेटालर्जी समूहका धर्मेन्द्र ठाकुर । जो असाधारण बेतलबी बिदा स्वीकृत गराएर १८ जेठ २०६७ नेदरल्याण्ड हानिए ।  उनी सम्पर्कमा आएका छैनन । तीन बर्षको अध्ययन बिदा स्वीकृत गराएर अमेरिका हानिएका अर्को जियोलोजिस्ट रोशन कोइराला पनि भासिए । स्वदेश फिरेनन् । भूमी व्यवस्था मन्त्रालयका प्रमुख नापी अधिृकत नवराज सुवेदीले पाँच वर्षको असाधारण बिदा लिएर अष्ट्रेलिया हानिएका अझैं स्वदेश फर्किएका छैनन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका बाली संरक्षण अधिकृत भीम चौलागाईं यसैगरी वैदेशिक अध्ययनका नाममा विदेशिएर हराएको बर्षौ भयो । सम्पर्कमा नआएपछि उनको नाममा हालै मात्र पत्रिकामा सूचना प्रकाशन गरेको छ मन्त्रालयले । कृषि मन्त्रालयकै ११ कर्मचारी सम्पर्कबिहिन भएपछि ती माथि कारवाहीको डण्डा स्वरुप जागिरबाटै बर्खास्त गरेको छ मन्त्रालयले । बर्खास्त भएकामध्ये उपसचिव खड्गसिंह विष्टसहित,पशु विकास अधिकृत यादव शर्मा बजगाईं,वागवानी विकास अधिकृत सुरेश घिमिरे लगायत छन् ।

बिज्ञापन

देशिक अध्ययनका नाममा मात्र होइन तालिमका नाममा समेत सरकारले गरेको लगानी बालुवामा पानी सरह हुँदै आएको छ । तालिमका सिलसिलामा विदेश पुगेर फर्किए पनि तालिम अनुसारको जिम्मेवारी नपाउने हुँदा ती कर्मचारीबाट नतिजा त परको कुरा व्यक्ति बन्ने तर राज्यले केही प्रतिफल लिन नसक्ने स्थिती छ ।

कुन मन्त्रालयबाट कति कर्मचारी विदेश गए,कति फर्किए ? यस्को एकीन विवरण अरु मन्त्रालयले सामान्य प्रशासनलाई उपलव्ध गराउनु पर्ने भए पनि उपलव्ध गराएका छैनन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सीमित व्यवसायी पोस्ने गरी मापदण्डमै छेडखानी,मन्त्रालयले नमाने पछि क्याविनेटबाटै काम तमाम

जेष्ठता र कासमुका आधारमा १६ सहसचिव र ३३ उप सचिव बढुवा हुँदै, मंसिर ३ भित्र आवेदन दिइसक्नुपर्ने

युद्धको नमस्कार (व्यङ्ग्यकविता)

जिल्ला प्रशासन कार्यालयबाट आजदेखि २ सिफ्टमा राहदानी सेवा

लोक सेवा आयोगले खुलायो ठूलो संख्यामा विज्ञापन

अनामनगरस्थित मेलम्ची आयोजनाको कार्यालयमा अख्तियारको छापा

जेनजी विद्रोहको महिना दिनमै दुई लेखा अधिकृत रंगेहात पक्राउ,प्रध्यापक, प्रहरी जवान अनुसन्धानको राडारमा

खरिदारको घुस प्रकरण अदालत प्रवेश

बिशेष