अख्तियारको स्टिङ अप्रेसन :- २० हजार घुससहित कर्मचारी पक्राउ

अदालतका कर्मचारीहरुले सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका चार कर्मचारी पक्राउ परेका छन् । मुद्धा जिताइदिने भन्दै सेवाग्राहीसंग घुस लिँदै गरेका अबस्थामा कपिलवस्तु जिल्ला अदालतका तसहिल फाँटका तहसिलदार सन्तोष मिश्रा, कम्प्यूटर अपरेटर विकास पाण्डे, नासु पशुपति डुम्रे र वेगम भुसाल २० हजार घुस रकम लिँदै पक्राउ परेका हुन् । अख्तियारको टोलीले आज दिउँसो ३ बजे तौलिहवा गौढीचोकस्थित एक चिया पसलबाट उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

बिज्ञापन

प्रहरी स्रोतले दिएको जानकारीअनुसार अंशबण्डा मुद्धाका प्रतिवादीलाई घुस नदिएसम्म जग्गा बाडफाँड नगरिदिने र कामसमेत रोकिराख्ने भन्दै कर्मचारीहरुले १ महिनादेखि झुलाउँदै आएका थिए । सेवाग्राहीलाई बाध्य पारेर घुस दिन राजी बनाई उनीहरुले आज चिया पसलमा बोलाएका थिए ।विशेष सुराकीका आधारमा त्यहाँ पुगेको बुटवलस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घेरा हाली खानतलासी गर्दा रकम फेला परेको बताइएको छ । पक्राउ परेका तहसिल फाँटका कर्मचारीलाई आवश्यक अनुसन्धान गरी मुद्धा दायर प्रक्रियामा लैजाने अख्तियारले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सीमित व्यवसायी पोस्ने गरी मापदण्डमै छेडखानी,मन्त्रालयले नमाने पछि क्याविनेटबाटै काम तमाम

जेष्ठता र कासमुका आधारमा १६ सहसचिव र ३३ उप सचिव बढुवा हुँदै, मंसिर ३ भित्र आवेदन दिइसक्नुपर्ने

युद्धको नमस्कार (व्यङ्ग्यकविता)

जिल्ला प्रशासन कार्यालयबाट आजदेखि २ सिफ्टमा राहदानी सेवा

लोक सेवा आयोगले खुलायो ठूलो संख्यामा विज्ञापन

अनामनगरस्थित मेलम्ची आयोजनाको कार्यालयमा अख्तियारको छापा

जेनजी विद्रोहको महिना दिनमै दुई लेखा अधिकृत रंगेहात पक्राउ,प्रध्यापक, प्रहरी जवान अनुसन्धानको राडारमा

खरिदारको घुस प्रकरण अदालत प्रवेश

बिशेष