राजीनामा दिने तयारीमा पूर्व मुख्यसचिव अर्याल

पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालले भोलि राजीनामा दिने भएका छन् । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका न्यायधीशहरु अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले व्यक्ति र कम्पनी गरी १२ प्रतिवादी रहेको मुद्दामा पूर्व मुख्य सचिव अर्याललाई सफाइ दिएको थियो ।
चार महिना अघि अख्तियारले मुख्यसचिव अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएसँगै उनी निलम्बनमा परेका थिए । अख्तियारले ९असार, २०८१ मा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेसँगै मुद्धा चलेका सरकारी कर्मचारीहरु निलम्बनामा परेका थिए । सरकारले उनको दरबन्दी राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरेको थियो ।अर्यालको निलम्बनपछि असारदेखि लीलादेवी गड्तौला पहिले निमित्त र पछि कायममुकायम मुख्यसचिव बनिन् । भदौ १३ गतेदेखि सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएका थिए ।

बिज्ञापन

अख्तियारले चलाएको उक्त मुद्धामा सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक पौडेल र तत्कालिन निर्देशक श्रेष्ठमात्र दोषी ठहर भएका थिए ।
विशेषबाट सफाइ पाए लगतै अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रमाना बुझेका थिए । त्यहाँबाट रमाना बुझेका अर्यालले आइतबार राजीनामा दिने भएका हुन ।

बिज्ञापन

सरकारले योजना आयोगमा सिर्जित विशेष पदमा कायम गरेपछि झण्डै एक वर्ष पदावधि बाँकी रहेका अर्यालले भोलि राजीनामा दिन लागेको बुझिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फाइल थन्क्याउने कर्मचारीमाथि कारबाही चेतावनी, सरकारले ल्यायो ‘शून्य बाँकी फाइल’ अभियान

स्पन्दन गजुरेलको गजल

स्थानीय सेवा ऐन संशोधनसहित पारित : दफा ९ र २७ प्रति कर्मचारीको आपत्ति

समृद्ध नेपालको प्रस्थानविन्दु : सुशासन, प्रशासनिक पुनर्संरचना र भ्रष्टाचार नियन्त्रणको मार्गचित्र

नायब सुब्बा घुससहित पक्राउ परे,कार्यालय प्रमुखलाई कसरी गर्ने कारवाही ?

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

बिशेष