आजदेखि त्रिभुवन विमानस्थल ५ महिनासम्म दैनिक १० घण्टा बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । झण्डै ५ महिनासम्म नागरिक उड्डयन प्राधिकरण दैनिक दश घण्टा बन्द हुने प्राधिकरणले जनाएको छ ।

बिज्ञापन

प्राधिकरणका अनुसार,विमानस्थलन स्तरोन्नतिका क्रममा ट्याक्सीवे विस्तार गर्न दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने जनाइएको छ । आजदेखि झण्डै ५ महिनासम्म विमानस्थल विस्तार हुने भएकोले यो अवधिमा हाल उडान गरिरहेको आन्तरिक वायुसेवाको कम्तिमा ३० प्रतिशत उडान कतौती हुने प्राधिकरणले भनेको छ । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ

बिज्ञापन

स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको जनाइएको छ । मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।

विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रतिनिधिसभा बैठक बस्दैँ, खतिवडामाथी छानबिन गर्न समिति बन्न सक्ने

जलवायु वित्त र दिगो विकास

कर्मचारी नियुक्तिदेखि सरुवामा मोलमोलाइ : विवादै विवादमा मन्त्री गुप्ताको बर्ष दिन

‘कुलिङ पिरियड’मा छलछाम : आज घोषणा हुँदैछ विशेष छानविन समिति

‘कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क २० हजारले बढ्यो

श्रम मन्त्रालयको ‘हराएको’ सरकारी गाडी फेला: सत्ता संघर्ष र गम्भीर दुरुपयोगको पर्दाफास

नैतिकताको प्रश्नले जेलिएका तीन मन्त्री : न राजीनामा दिन्छन् न प्रधानमन्त्रीले हटाउने आँट गर्छन्

पढ्न आउछ माननीयज्यू ?

बिशेष