दुई आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

सरकारले दुई आयोगका अध्यक्ष र सदस्यहरुका लागि आवेदन माग गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि नाम सिफारिस गर्न गठित उच्चस्तरीय समितिले दुवै आयोगको लागि अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको हो ।

बिज्ञापन

समितिको सचिवालयले यी दुई आयोगका अध्यक्ष वा सदस्यको पदमा नियुक्तिका लागि इच्छुक व्यक्तिले सो प्रक्रियाको अनुसूची बमोजिमको ढाँचामा आवेदन फाराम भरी यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्न अनुरोध गरेको छ ।

बिज्ञापन

आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनोट प्रक्रिया २०८१ र सोको अनुसूची बमोजिमको आवेदन फाराम www.trc.gov.np, www.ciedp.gov.np, www.moljpa.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

सोही आवेदनको आधारमा समितिले अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि नाम सिफारिस गर्ने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन् सरकारले फिर्ता बोलाएका राजदूतहरू (सूचीसहित)

जेन–जीको नाममा ज्यादती

विभागले हटायो करार सेवाका २६ कर्मचारी,दुईको सेवा निरन्तरता

एक दर्जन राजदूत फिर्ता बोलाउने तयारी,’करिअर डिप्लोम्याट’लाई तत्काल नचलाइने

सामान्य प्रशासनले सरुवा गरेका हाकिमहरु अझैं गएनन् स्थानीय तहमा

रसुवाका चार सहित २१ निर्माण कम्पनी कालोसूचीमा

अन्तर्मनको जागृति र स्थायी सफलता

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

बिशेष