पुण्य गौतममाथि आक्रमण गर्ने रसुवाका मिलन पक्राउ

जिल्ला अदालत काठमाडौँले सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि आक्रमणमा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले ४१ वर्षीय मिलन लामा भनिने दिलबहादुर गङदान र ३० वर्षीय टासी भनिने सञ्जिव लामालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश सुनाएका हुन् ।

बिज्ञापन

बुधबार जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसको क्रममा न्यायाधीश उमानाथ गौतमको इजलासले अभियुक्तहरूलाई प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा थुनामा राख्न आदेश दिएको हो । अन्तिम फैसला भने अर्को पेशीमा हुनेछ । मिलन भनिने दिलबहादुर गङदानले निर्देशन दिएपछि टाँसी लामा भनिने सञ्जीव तामाङले पुण्य गौतमलाई आक्रमण गरेका थिए । उनीहरु ‘भाइरल म्यान दुर्गा प्रसाईं’को अभियानका सदस्य हुन् । उनीहरूविरुद्ध मुद्दा चले पनि दुर्गा प्रसाईंविरुद्ध भने अनुसन्धान भएन ।

बिज्ञापन

२१ असोजमा भएको आक्रमणमा घटनास्थलमा अभियुक्तको टोपी समेत भेटिएको थियो । साथै प्रहार गरिएको रड समेत बरामद भएको थियो ।प्रहरीसँगका बयानमा टाँसी लामा भनिने सञ्जीव तामाङले मिलन भनिने दिलबहादुर गङदानबाट १० हजार रुपैयाँ अग्रिम पाएको, ४० हजार रुपैयाँ घटना भएपछि पाएको र बाँकी पाउन बाँकी रहेको बताएका छन् ।

गत असोज २१ गते राति गौतममाथि उनको घर नजिक रड प्रहार भएको थियो । सख्त घाइते अवस्थामा उनलाई छिमेकीले उद्धार गरेका थिए । उपचारपश्चात उनको अवस्था सुधारोन्मुख छ । सो घटनामा प्रहरीले उनीहरुलाई असोज २४ गते पक्राउ गरेको थियो । उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको छ । मिलन लामा दुर्गा प्रसाईंले चलाएको अभियानका प्रतिरक्षा कमान्डर हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड मिचेर विपद् प्राधिकरण पुगे भट्ट : अब बालेन सरकारले हटाउँछ कि जोगाउँछ ?

कर्मचारीतन्त्रमा ठूलो रिफर्म प्रस्ताव: मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि

उपसचिवको लिखित परीक्षा वैशाख तेस्रो सातादेखि, कुन सेवाको कहिले ?

फिल्म निर्माताको ठगी धन्दा,बल्ल परे प्रहरीको फन्दा

राजश्वका पूर्व महानिर्देशक अधिकारीलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,सब इन्जिनियर,लेखापालसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सामान्य प्रशासनको लाचारी : १४५ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

ब्युरोक्रेसी सुधारमा हतार होइन, विवेक आवश्यक

बिशेष