बसले किच्दा २ जनाको मृत्यु :३३ जना घाईते

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका स्थित जयठाटीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

बिज्ञापन

वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ करिब ५ बजे को समयमा देउसी भैलो सडकमा नाँचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिंदा भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकाबांग निवासी ७२ बर्षिया रुनी खनालको  घटनास्थलमै मृत्यु भएको र गम्भीर घाईते रहेकी २२ बर्षीया तारा श्रेष्ठ को उपचारको क्रममा अर्घाखाँची अस्पताल मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले जानकारी दिएका छन्।

बिज्ञापन

हाल सम्म दुर्घटना मा ३३ जना घाईते रहेका छन् भने १० जना लाई बुटवल रिफर गरिएको छ। २ जनाको मृत्यु भईसकेको खबर प्राप्त भएको छ।दुर्घटनामा मृत्यु हुने तारा श्रेष्ठ भूमिकास्थान नगरपालिका की कर्मचारी रहेको बुझिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद

मापदण्ड मिचेर विपद् प्राधिकरण पुगे भट्ट : अब बालेन सरकारले हटाउँछ कि जोगाउँछ ?

कर्मचारीतन्त्रमा ठूलो रिफर्म प्रस्ताव: मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि

उपसचिवको लिखित परीक्षा वैशाख तेस्रो सातादेखि, कुन सेवाको कहिले ?

फिल्म निर्माताको ठगी धन्दा,बल्ल परे प्रहरीको फन्दा

राजश्वका पूर्व महानिर्देशक अधिकारीलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,सब इन्जिनियर,लेखापालसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सामान्य प्रशासनको लाचारी : १४५ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

बिशेष