आज पनि तिहारको बिदा , सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो ।
आइतबार नै तिहार ९यमपञ्चक० समापन भए पनि आज सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ ।
अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ ।
१५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् ९म्हपूजा० तथा १८ गते भाइटीका ९किजापूजा० को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन । देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्नेछन्।
२०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो । पञ्चांग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते भाइटीका उल्लेख थियो । नेवार समुदायले मंसिर २ गते किजापूजा गरेको थियो । त्यसैले सरकारले तिहारको विदा एक दिन थप गरेको थियो। त्यसयता तिथि घटबढ नहुँदा अर्थात् भाइटीकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

राजीनामा दिने तयारीमा स्वास्थ्यमन्त्री

प्रमुख दलका निवास केन्द्रित युवाहरुको आन्दोलन

कृषिमन्त्री अधिकारीले दिए राजीनामा,अन्य तीन मन्त्रीले राजीनामा दिने बारे छलफलमा

बिशेष