भ्रष्टाचार मुद्धामा बैकुण्ठ अर्याललाई क्लिन चिट,मुख्य सचिव पदमै बहाल हुने सम्भवना कति ?

भ्रष्टाचार मुद्धा लागेर चार महिना अघि निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्यालले सफाइ पाएका छन् । २०८१ असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गरेसँगै अर्याल निलम्बनमा परे ।

बिज्ञापन

अर्याल निलम्बनमा परेसँगै लीलादेवी गड्तौला कामू हुँदै मुख्यसचिव भएर घर फर्किसकेकी छिन् । त्यस पछि सरकारले तत्कालीन गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ । भदौं १३ गतेको क्याविनेट बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको थियो ।

बिज्ञापन

सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छपाइका क्रममा अनियमितता गरेको आरोपमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकोमा भ्रष्टाचार मुद्धा चलेको चार महिना पछि  २ जना मात्र भ्रष्टाचारी ठहर भएका छन् भने ९ जनाले सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार अर्याललाई सफाइ दिएको हो।

यो प्रकरणमा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक टंकप्रसाद पाण्डेय, आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, आन्तरिक राजस्व विभागका तत्कालीन शाखा र अधिकृत रवीन्द्रप्रसाद पौड्यालले समेत सफाइ पाएका हुन । केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्मालाई पनि सफाइ दिइएको छ ।​

बिज्ञापन

यस प्रकरणमा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी थियो। यसमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ दोषी ठहर भएका हुन् ।

अदालतबाट सफाइ पाएसँगै अर्याललाई मुख्य सचिवमा फर्कने बाटो खोलिएको छ । यो अवस्थामा देशमा दुई वटा मुख्यसचिव हुने छन् । हाल मुख्यसचिव एकनारायण अर्याल छन् भने अदालतबाट सफाइ पाएका वैकुण्ठ अर्यालको पदावधि बाँकी रहेका कारण उनी पनि सोही पदमा रहने देखिन्छ ।

सरकारले निलम्बित भएपछि उनलाई मुख्यसचिव सरहकै पद सिर्जना गरेर योजना आयोगमा सरुवा गरेको थियो । सरकारले उनलाई सोही पदमा काम गराउन पनि सक्ने छ वा सरकारले अहिलेका मुख्यसचिवलाई योजना आयोगमा सरुवा गरेर भ्रष्टाचार मुद्दामा जितेका अर्याललाई जिम्मेवारी दिनु पर्न हुन सक्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष