काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन् ।
बिज्ञापन
सशस्त्र प्रहरी निरीक्षक १६औँ समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आज उनले सो निर्देशन दिएका हुन् ।उनले राज्य, सङ्गठन र आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए ।
बिज्ञापन
त्यस अवसरमा आधारभूत तालिम सम्पन्न गरेका १६औँ समूहका ४५ अधिकृत दीक्षित भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित विशेष समारोहमा तीन महिला र ४२ पुरुष प्रशिक्षार्थी दीक्षित भएका हुन् ।
समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले दीक्षान्त समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण गराएका थिए । तालिम प्रतिवेदन प्रस्तुत गर्दै उनले प्रशिक्षार्थी अधिकृतहरुलाई तालिमको क्रममा सिकाईएका विविध विषयवस्तु बारे जानकारी गराए ।
बिज्ञापन
दीक्षान्त समारोहमा लोकसेवा आयोगका अध्यक्ष माननीय माधव प्रसाद रेग्मी, मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति महारथी अशोकराज सिग्देल, लोक आयोगका माननीय सदस्य दिनेश सिलवाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव डा. कृष्णहरी पुस्कर, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्त बहादुर कँवर, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, चन्द्रागिरी नगरपालिकाका उप–प्रमुख, लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु, संचारकर्मी एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।