९ बर्ष देखि डिल्लीबजार मालपोतमा रजाईँ गर्दै खरिदार

भूमि व्यवस्था तथा अभिलेख व्यवस्था विभागले एकै पटक २७५ जना खरिदार,नासु र अधिकृतहरुको सरुवा गर्दा कोही कर्मचारीहरु तीन महिनामै सरुवामा परेका छन् भने पावर र पहुँच मिलाउन सक्ने कर्मचारी एउटै कार्यालयमा ९ बर्षदेखि टिकिरहेका भेटिएको छ । गत १४ असोजको राती १ बजेसम्म बसेर यी कर्मचारीहरुको सरुवा गरेको हो । सो रातमा विभागको महानिर्देशक कृष्णप्रसाद सापकोटा र कर्मचारी प्रशासनको हाकिम हरि सुवेदीको समूहले खरिदार १०४,नायस सुब्बा तहका १२६ नासु र अधिकृत तहका ४५ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

बिज्ञापन

यो सरुवा आर्थिक चलखेलका आधारमा भएको कर्मचारीहरुको आरोप छ । सरुवाको सूची अनुसार,केही कर्मचारीहरु तीन महिनामै भकुण्डो बनाइएका छन् भने मालपोतमा आठ बर्षसम्म जरा गाँढेर बसेका कर्मचारीहरुलाई चलाइएको छैन । जबकी निजामती ऐनले एउटै कार्यालयमा कुनै पनि कर्मचारीलाई बढीमा २ बर्षसम्म राख्न मिल्दैन भन्दछ । तर चल्ताफुर्ता र पावरवाल कर्मचारीहरुको हकमा यस्ता ऐन,नियम नियमावली लागू हुँदैन ।
यस्तो देखिएको छ डिल्लीबजार मालपोतमा । सरुवाको सूची अनुसार केही कर्मचारीलाई तीन महिनामै चलाइएको छ । अनि केहीलाई बर्ष दिनमै । सरुवा गरिँदा न्यूनतम मानवीय संवेदना समेत नराखिएको गुनासो बढ्दैछ ।

बिज्ञापन

काठमाडौंस्थित डिल्लीबजारमा मालपोत कार्यालयमा एक खरिदार ९ बर्षदेखि त्यही छन् । उनी हुन दिपेश सुवेदी,कर्मचारी संकेत नम्बर १८९९८७ रहेका सुवेदी सोही कार्यालयमा ०७३ साल असार १ गतेदेखि सोही कार्यालयमा छन् । खरिदार तहका उनी एउटै कार्यालयमा कसरी र के आधारमा आठ बर्षभन्दा बढी समय टिकिरहेका होलान ? अहिले सरुवामा परेका कर्मचारीहरु प्रश्न गर्दैछन् तर हाकिमहरुसँग जबाफ छैन ।

यस्तै सोही कार्यालयमा केही कर्मचारीहरु पाँच बर्ष त केही ६ बर्षदेखि टिकिरहेका छन् । नियम अनुसार,सरुवा हुनुपर्ने हो तर तलदेखि माथिसम्म मिलाउने खुबी भएका कर्मचारी कोही आठ/ दश बर्षसम्म एउटै कार्यालयमा टिक्ने अनि पहुँच नभएका कर्मचारीलाई तीन महिनामै भकुण्डो बनाउने प्रवृत्तिले निजामती सेवा कहाँ पुग्ला ?

बिज्ञापन

भूमि व्यवस्था तथा अभिलेख विभाग मातहत एकै पटक चार सय ४७ जना कर्मचारीको सरुवाको बिषयमा व्यापक गुनासो उठेपछि छानबिन समिति गठन गरि उक्त समितिले धमाधम प्रतिवेदन लेखनको काम गरिरहेको छ । मन्त्रालयले सरुवासम्बन्धी छानबिन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासन महाशाखाका सहसचिव मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य छन् । यी रैथाने कर्मचारीहरुलाई छुन सक्छ कि सक्दैन भन्ने बारे हेर्न बाकीँ छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकार ‘शून्य बाँकी फाइल’ अभियानमा, तर संघीय सचिवालय निर्माण कार्यालयमा प्रतिशत विवादले फाइल थन्किए

फाइल थन्क्याउने कर्मचारीमाथि कारबाही चेतावनी, सरकारले ल्यायो ‘शून्य बाँकी फाइल’ अभियान

स्पन्दन गजुरेलको गजल

स्थानीय सेवा ऐन संशोधनसहित पारित : दफा ९ र २७ प्रति कर्मचारीको आपत्ति

समृद्ध नेपालको प्रस्थानविन्दु : सुशासन, प्रशासनिक पुनर्संरचना र भ्रष्टाचार नियन्त्रणको मार्गचित्र

नायब सुब्बा घुससहित पक्राउ परे,कार्यालय प्रमुखलाई कसरी गर्ने कारवाही ?

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

बिशेष