पन्ध्र उपसचिवहरूको सरुवा {सूचीसहित}

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ उपसचिवहरूको सरुवा भएको छ । मन्त्रालयले  विहिबार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालय तथा जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।

बिज्ञापन

हरिपुर नगरपालिकाका ओमप्रकाश महत्वलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, खाँदवारी नगरपालिकाका रामदत्त भट्टलाई बेदकोट नगरपालिका, बैकुण्ठ प्रसाद सापकोटालाई चौतारा साँगाचोकगढी नगरपालिका, त्यहाँका पोषण लामिछानेलाई बनेपा नगरपालिका, राप्ती नगरपालिकाका सत्यनारायण साहलाई जिल्ला समन्वय समितिको कार्यालय धनुषा, धरान उपमहानगरपालिकाका उपेन्द्र राईलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, सामान्यमा रहेका मुक्ति प्रसाद खनाललाई खनाललाई जिल्ला समन्वय समिति कार्यालय सिन्धुपाल्चोक, जिल्ला समन्वय समितिको कार्यालय खोटाङमा रहेका ठाकुरप्रसाद तिवारीलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

बिज्ञापन

त्यस्तै गोरखा नगरपालिकाका कृष्णप्रसाद सुवेदीलाई सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालयमा कार्यरत एकदव खनाललाई भने गोरखा नगरपालिकामा पठाइएको छ। कालिका नगरपालिकाका चुनामणी गौतमलाई गृह मन्त्रालयमा पठाइएको छ भने गल्कोट नगरपालिकाका गङ्गाधार पौडेललाई सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ। हलेसी तुवाङचुङ नगरपालिकाका कैलाशबहादुर ठकुरीलाई गृहमन्त्रालयमा ल्याइएको छ । जिल्ला समन्वय समितिको कार्यालय बर्दियाका कृष्ण थापालाई गृहमन्त्रालय पठाइएको छ चापाकोट नगरपालिकाका चेतराज बराललाई पनि गृहमन्त्रालय पठाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

इतिहासकै कमजोर डिजी घिमिरे अनिवार्य अवकाशमा, नयाँ महानिर्देशकको दौडमा चार सहसचिव

यी हुन खारेजी वा मर्ज हुन लागेका सरकारी कार्यालय

१३ करोड राख्ने बैंक खोज्दै विभाग

निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न मन्त्रालयको परिपत्र

आफन्त भर्ति र सवारी दुरुपयोग गर्ने ऊर्जा आयोगका सहसचिव पौडेल भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित

पूर्वीय सोच र मूल्यबाट सञ्चालित राज्य प्रणाली

बिशेष