‘रसुवा नेचुरल स्प्रिङ वाटर’ ले जापानमा यस वर्षको पिउने पानीको उच्च गुणस्तर ‘गोल्ड क्वालिटी अवार्ड’ पाएको छ।
बिज्ञापन
‘गोल्ड क्वालिटी अवार्ड’ जापानमा पिउने पानीले पाउने सर्वाधिक गुणस्तर प्रमाण हो।टोकियोमा शुक्रबार एक कार्यक्रमबीच जापान अक्वा सोमेलियर एसोसिएसनले ‘गोल्ड क्वालिटी अवार्ड’ हस्तान्तरण गरेको हो।
बिज्ञापन
जापान अक्वा सोमेलियर एसोसिएसनले जापानमा बिक्री वितरण हुने पिउने पानीको कम्पनीमध्येबाट एकलाई हरेक वर्ष गुणस्तरको आधारमा ‘गोल्ड क्वालिटी अवार्ड’ प्रदान गर्दै आएको छ।रसुवामा प्रशोधन हुने ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ करिब १२ देशमा निर्यात हुँदै आएको छ।
बिज्ञापन
यसको प्रशोधन कारखाना रसुवाको धुन्चेमा छ। कम्पनीले ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ नाममा प्रशोधित पानी विदेश निर्यात गर्छ। कम्पनीले यसलाई संक्षेपमा ‘रसुवा ब्रान्ड’ भन्ने गरेको छ।कम्पनीले ३३० मिलिलिटर (एमएल), ५०० एमएल र एक लिटर परिमाणका बोतलमा तथा १९ लिटरको जारमा पानी प्याकेजिङ गरिरहेको छ।