मन्त्रिपरिषद् बैठक आज बस्दै, सचिवमा बढुवाका लागि विष्ट सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बिज्ञापन

प्राप्त जानकारी अनुसार बैठकले मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णयसँगै वरिष्ठ सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गर्नेछ । सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको हो । ५ कात्तिकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी अवकास भएसँगै रिक्त पदमा सचिव बढुवा हुन लागेको हो ।

बिज्ञापन

४ पटक लगातार कार्यसम्पादन मूल्यांकन नम्बरका आधारमा एक सचिवका लागि तीन जनाको नाम सिफारिस गरेपछि पाँचौं पटक ज्येष्ठताका आधारमा एक जना मात्रै नाम सिफारिस गर्ने गरिन्छ । यसअघि ४ पटक कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर तीन–तीन जनाको नाम बढुवा सिफारिस भएकाले अहिले ज्येष्ठताका आधारमा बष्टि सिफारिस भएका हुन् ।

उनलाई प्रदेशमा प्रदेश प्रमुख सचिवको रूपमा पदस्थापन गर्नेछ भने रिक्त सचिवमा प्रदेश प्रमुख सचिवहरूमध्येबाट एक जनालाई संघमा ल्याउने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकार ‘शून्य बाँकी फाइल’ अभियानमा, तर संघीय सचिवालय निर्माण कार्यालयमा प्रतिशत विवादले फाइल थन्किए

फाइल थन्क्याउने कर्मचारीमाथि कारबाही चेतावनी, सरकारले ल्यायो ‘शून्य बाँकी फाइल’ अभियान

स्पन्दन गजुरेलको गजल

स्थानीय सेवा ऐन संशोधनसहित पारित : दफा ९ र २७ प्रति कर्मचारीको आपत्ति

समृद्ध नेपालको प्रस्थानविन्दु : सुशासन, प्रशासनिक पुनर्संरचना र भ्रष्टाचार नियन्त्रणको मार्गचित्र

नायब सुब्बा घुससहित पक्राउ परे,कार्यालय प्रमुखलाई कसरी गर्ने कारवाही ?

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

बिशेष