डिजी बन्ने लाइनमा को-को ?

सरकारले ४० जना सहसचिवको सरुवा गर्दा उद्योग विभाग, भूमि विभाग र अध्यागमन विभागको महानिर्देशक हेरफेर भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४० जना सहसचिवको सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाको पनि राष्ट्रिय योजना आयोगमै सरुवा भएको छ । त्यस्तै अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्।

बिज्ञापन

उक्त स्थानमा जानको लागि सहसचिवहरुको दैडधुप सुरु भएको छ । अध्यागमन विभागमा सहसचिव गोविन्द प्रसाद रिजाल एकल दाबेदार छन् । भूमि, व्यवस्थापन तथा अभिलेख विभागमा श्रवण कुमार पोखरेल, मदन कोइराला र शिव प्रसाद रेग्मीको दैडधुप रहेको छ । त्यस्तै सरकारले योजना आयोगका सहसचिव राजेश्वर ज्ञवालीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ । हाल उद्योग मन्त्रालयमा पठाइएका ज्ञवालीलाई उद्योग विभागको महानिर्देशक बनाउने संभावना रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

यता अधिकृतस्तरका २० जनाको अस्थायी दरबन्दी स्वीकृत,उता ३ सय ३३ को दरबन्दी कटौती

सेनामा जुत्ता काण्ड

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

बिशेष