तीन विभागका महानिर्देशक फेरिए

सरकारले ४० जना सहसचिवको सरुवा गर्दा उद्योग र भूमि विभागमा महानिर्देशक हेरफेर भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४० जना सहसचिवको सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाको पनि राष्ट्रिय योजना आयोगमै सरुवा भएको छ । त्यस्तै अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्।

बिज्ञापन

सरकारले हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विष्णुप्रसाद ज्ञवालीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । ससहचिवहरु तोयानारायण सुवेदी, दीर्घबहादुर पोखरेल, विनोदबहादुर खड्कालाई गृह मन्त्रालयमा ल्याइएको छ। योजना आयोगका सहसचिव राजेश्वर ज्ञवालीलाई उद्योग वााण्ज्यि तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ । जितेन्द्र बस्नेत गृह मन्त्रालयबाट उद्योग मन्त्रालयमै पुगेका छन्। उद्योग मन्त्रालयका जीवलाल भुसाललाई श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । सञ्चार मन्त्रालयमा बाबुराम भण्डारीलाई लुम्बिनीको मन्त्रिपरिषद कार्यालयमा पठाइएको छ ।

बिज्ञापन

रुद्रसिंह तामाङलाई अतिरिक्त समूहबाट संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयमा जिम्मेवारी दिइएको छ । यस्तै प्राविधिकतर्फ कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको पशु सेवा विभागका उपमहानिर्देशक विनयकुमार कर्णको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ । वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त राखेर कार्यरत प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

यता राष्ट्रिय समावेशी आयोगका सचिव (सहसचिव) ईश्वरकुमार गिरीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बामगती प्रदेशका सचिव (सहसचिव) बलराम निरौलालाई आयोगमा सचिवको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

https://drive.google.com/file/d/1Sdx5zvG-pUV-8iwHfbclOm_4i1sFedn1/view

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

कार्यकक्षमै कुटिए डिभिजन वन कार्यालयका प्रमुख

नारायण एम.सी. उपमहालेखापरीक्षकमा बढुवा

चार छात्रामाथि लामो समयदेखि यौन दुर्ब्याबहार गर्ने शिक्षक पक्राउ

चार मन्त्रीले जवाफ दिने

नियामक निकायका प्रमुखहरुको शैक्षिक योग्यतामै कैफियत

भोटेकोसी नदीमा भीषण बाढी: टिमुरेमा ठूलो क्षति, तीनजनै काठमाडौँमा

बाढीले बगायो रसुवागढीको मितेरी पुल र भन्सारमा रोकिएका गाडी

बिशेष