विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीलाई तिव्र पारिएको छ । बाराको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा यस बर्ष हुने मेलाको तयारीमा महागढीमाई नगरपालिकाले तिव्र गतिमा कार्य अगाडि बढाएको छ ।
बिज्ञापन
बरियारपुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलालाई व्यवस्थित बनाउन विभिन्न अत्यावश्यक कार्यहरू धमाधम भइरहेका छन । मेलामा आउने श्रद्धालु भक्तजनहरूको सुविधाका लागि पार्किङ व्यवस्थापनदेखि सुरक्षासम्मको विस्तृत योजना बनाइएको छ ।
बिज्ञापन
मंसिर १ गतेदेखि नै मेला लाग्ने भएको हुँदा भक्तजन तथा दर्शनार्थीको सहजताका लागि मेला समितिले आवश्यक तयारी गरिरहेको बताइएको छ । गढीमाई मेलामा आन्तरिक दर्शनार्थीका साथै भारतबाट समेत ठुलो संख्यामा दर्शनार्थी आउने गरेका छन् ।
जानकारका अनुसार गढीमाई मन्दिरमा भाकल गरिन्छ । मनोकामना पूरा भएपछि यहाँ बलि दिने परम्परा छ ।