२७५ जना कर्मचारीहरुको सरुवा गरेपछि डिजी आफै सरुवाको मुखमा

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले आर्थिक चलखेलका आधारमा २७५ जना कर्मचारीहरुको सरुवा गरेपछि आलोचित भएका छन्। २७५ जना कर्मचारीको सरुवा गरेपछि उनी आफैं सरुवाको मुखमा पुगेका छन्।

बिज्ञापन

मनपरी ढङ्गले कर्मचारीहरूको सरुवा गरेको आरोप पछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारी नै फायर भएका छन् । सम्भवत उनको भोलिसम्ममा सरुवा हुने स्रोतले बताएको छ। दशैंभन्दा अगाडि नै उनलाई सरुवा गर्ने तयारी भएपनि चाडबाडको बेलामा सरुवा नगर्ने निर्णयमा पुगेको थियो ।

बिज्ञापन

महानिर्देशक सापकोटाले मनपरी रूपमा कर्मचारीको सरुवा गरेको भन्दै पीडित कर्मचारीहरूले संशोधन गर्न निवेदन दिएका छन्। स्रोतका अनुसार हालसम्म ४० भन्दा बढी निवेदन आएको छ।

उक्त सरुवा विधि,नियमभन्दा पनि मनलाग्दी ढङ्गबाट आर्थिक चलखेल गर्दै गरिएको भन्दै कर्मचारीहरुले आपत्ति जनाउँदै आएका छन् । कतिपय कार्यालयमा ८ देखि १० बर्षसम्म कार्यरत कर्मचारीहरुलाई छोइएको छैन अनि केही यस्ता कर्मचारी सरुवामा परेका छन्,जो तीन महिना अगाडिमात्र जिम्मेवारी सम्हाल्न पुगेका थिए । केही कर्मचारीहरु तीन चार महिनामै सरुवा परेको,माथिसम्म मिलाउने कला भएका कर्मचारीहरुलाई आठ देखि १० बर्ष हुँदासम्म एउटै कार्यालयबाट नचलाइएको बिषयमा सरुवा भएका कर्मचारीहरुले आक्रोश पोख्दै आएका छन् ।

बिज्ञापन

उक्त सरुवामा अधिकांश कर्मचारीलाई काठमाडौं उपत्याकाको एउटा कार्यालयबाट उपत्यकाकाकै कार्यालयमा पुर्याइएको छ । कलकीमा कार्यरत कर्मचारी मनमैजु पुर्याइएको छ भने भक्तपुरका कर्मचारीको सेटै टिपेर डिल्लीबजार ल्याइएको छ ।

गत १४ असोज गते १ बजेसम्म बसेर यी कर्मचारीहरुको सरुवा गरेको हो । सो रातमा विभागको महानिर्देशक कृष्णप्रसाद सापकोटाले खरिदार १०४,नायस सुब्बा तहका १२६ नासु र अधिकृत तहका ४५ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक सापकोटाले गरेको यो सरुवाप्रति भूमि व्यवस्था मन्त्री समेत असन्तृष्टी पोखेका छन् । सापकोटाले न्यूनतम मानवीय संवेदना समेत नहेरी केही कर्मचारीको सरुवा गरेको समेत भेटिएको छ ।मन्त्री एमालेका छन् तर एमालेकै कर्मचारीहरुलाई पेलानमा परेको गुनासो गरेका कर्मचारीहरुले ।

यसअघिको ७२ भन्दा बढी कर्मचारीको सरुवा गर्दा पनि राम्रै आर्थिक शूभ लाभ लिएको चर्चा ववरमहलस्थित भूमि व्यवस्था विभागकै कर्मचारीहरुले गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

बिशेष