मन्त्रालय र विभागमा मन्त्री यादवको छड्के, बिना सूचना १३ कर्मचारी अनुपस्थित

खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के अनुगमन गरेका छन् ।

बिज्ञापन

नेपाल सरकारले प्रदान गरेको दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन हुँदा समेत विभिन्न कार्यालयहरूमा कर्मचारीहरू उपस्थित नभएको गुनासोपछि मन्त्री यादवले बुधवार मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरूमा छड्के अनुगमन गरेका हुन् ।

बिज्ञापन

उक्त अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुई जना गरी १३ जना बिना सूचना गैरहाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए।

उक्त छड्के अनुगमनका क्रममा मन्त्री यादवले काम गर्दाको समय होस् वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउनसमेत कर्मचारीहरूलाई आग्रह गरे।

बिज्ञापन

यसैगरी मन्त्री यादवले छड्के जाँचका क्रममा मन्त्रालयमा तथा विभागमा हाजिरी अवस्थामा भेटिएका कर्मचारीलाई काम गर्दा हुने गरेका समस्याका विषयमा जानकारीसमेत लिएका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

बिशेष