चलचित्र ‘१२ गाउँ’ रिलिजदेखि नै हाउसफूल छ । फूलपातीका दिन रिलिज भएको चलचित्र आज पाँचौं दिनमा पनि हाउसफूल रहेको निर्माणपक्षले बताएको छ ।
बिज्ञापन
चलचित्रले हाउसफूल अकुपेन्सीमा दर्शक पाए पनि ग्रसकलेक्सन रिपोर्ट भने सार्वजनिक गरेको छैन । निर्माता र वितरक नै कलेक्सन रिपोर्ट सार्वजनिक नगरी बसेका छन् ।
दसैँको अवसर पारेर फूलपातीदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्मको अहिलेसम्मको व्यावसायिक हिसाब एकमुष्ट प्राप्त हुन बाँकी रहेकोले आम्दानी यति भनेर भन्न सकिने अवस्था नरहेको कलाकार तथा निर्माता निर्देशक बिराज भट्टले बताए ।
‘सुरुको दिन देखिनै फिल्ममा दर्शक राम्रो देखिएका थिए’, भट्टले भने ‘फिल्मको क्रेज देख्दा म आफै छक्क परेको छु ।’ फिल्मको साप्ताहिक व्यवसाय आज साँझ वा भोलि बिहान सार्वजनिक हुने उनले जानकारी दिए ।
बिज्ञापन
सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।
एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।


























