विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार

 

बिज्ञापन

विराटनगर । विराटनगरमा होटल सञ्चालक माथि खुकुरी प्रहार भएको छ । विराटनगरको भूमी प्रशासन चोकमा रहेको मुन होटल तथा गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको हो ।खुकुरी प्रहारबाट भगतको देब्रे हात र शरीरको अन्य भागमा चोट लागेको छ । उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका उनकाे अवस्था सामान्य छ ।

बिज्ञापन

गीत गजलमा भएको विवादलाई लिएर उनीमाथि दुई जनाको समूहले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।मंगलबार साँझ करिब ६ बजे विराटनगर- ९ का सावन दास र विनोद रायले खुकुरी प्रहार गरेको देखिएको प्रहरीले बताएको छ । उनीहरु फरार छन् । फरार भएका दुवैको खोजी भइरहेको निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सेनामा जुत्ता काण्ड

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

सचिवहरुलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

उपसचिवले खुलाउन सकेनन डेढ करोड सम्पत्तिको वैद्य स्रोत,बुहारीसमेत प्रतिवादी

बिशेष