प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा टिका तथा प्रसाद प्रदान

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा दसैं २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिनुभएको छ ।

बिज्ञापन

नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टिका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो ।

बिज्ञापन

ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो ।
टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो ।

टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सेनाले लुटपाटमा संलग्न २५ जनालाई पक्राउ गर्‍यो

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

राजीनामा दिने तयारीमा स्वास्थ्यमन्त्री

बिशेष