बीपी राजमार्गमा सुक्खा पहिरोमा पुरियो गाडी, आउजाउ ठप्प

बीपी राजमार्ग अन्तर्गत काभ्रे सडकखण्डमा झरेको सुख्खा पहिरोका कारण सवारीसाधन चल्न अझै केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । सडक सञ्चालनमा ल्याउने तयारी गरिए पनि सुख्खा पहिरो खसेका कारण सञ्चालनमा आउन नसकेको हो ।

बिज्ञापन

प्रहरीका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ नार्के देखि रोशी गाउँपालिका ११ मंगलटारसम्मको सडकखण्डमा भने सवारी साधन आज पनि चल्न सकेका छैनन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिपी राजमार्ग पिप्लेमा सुख्खा पहिरोका कारण सडक सञ्जाल प्रभावित भएको छ । उक्त पहिरोमा खोटाङ चल्ने ना १ ज ६११७ नम्बरको सुमो पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक वसुन्धरा खड्का अनुसार सुख्खा पहिरोका कारण तत्काल बीपी राजमार्ग सञ्चालनमा आउने सम्भावना छैन ।

बिज्ञापन

पहिरोमा पुरिएको सुमोको पछाडिको भाग मात्र देखिएको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सो सडकमा यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा तनावपूर्ण अवस्था, गोली चल्न सक्ने सम्भावना

सेनाले लुटपाटमा संलग्न २५ जनालाई पक्राउ गर्‍यो

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

बिशेष