कर्मचारी सरुवामा मनपरी :-कसैलाई ९ बर्षदेखि एउटै कार्यालय,कोही तीन महिनामै ‘भकुण्डो’

भूमि व्यवस्था तथा अभिलेख व्यवस्था विभागले एकै पटक २७५ जना खरिदार,नासु र अधिकृतहरुको सरुवा गर्दा कोही कर्मचारीहरु तीन महिनामै सरुवामा परेका छन् भने पावर र पहुँच मिलाउन सक्ने कर्मचारी एउटै कार्यालयमा ९ बर्षदेखि टिकिरहेका भेटिएको छ । गत १४ असोजको राती १ बजेसम्म बसेर यी कर्मचारीहरुको सरुवा गरेको हो । सो रातमा विभागको महानिर्देशक कृष्णप्रसाद सापकोटा र कर्मचारी प्रशासनको हाकिम हरि सुवेदीको समूहले खरिदार १०४,नायस सुब्बा तहका १२६ नासु र अधिकृत तहका ४५ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

बिज्ञापन

यो सरुवा आर्थिक चलखेलका आधारमा भएको कर्मचारीहरुको आरोप छ । सरुवाको सूची अनुसार,केही कर्मचारीहरु तीन महिनामै भकुण्डो बनाइएका छन् भने मालपोतमा आठ बर्षसम्म जरा गाँढेर बसेका कर्मचारीहरुलाई चलाइएको छैन । जबकी निजामती ऐनले एउटै कार्यालयमा कुनै पनि कर्मचारीलाई बढीमा २ बर्षसम्म राख्न मिल्दैन भन्दछ । तर चल्ताफुर्ता र पावरवाल कर्मचारीहरुको हकमा यस्ता ऐन,नियम नियमावली लागू हुँदैन ।
यस्तो देखिएको छ डिल्लीबजार मालपोतमा । सरुवाको सूची अनुसार केही कर्मचारीलाई तीन महिनामै चलाइएको छ । अनि केहीलाई बर्ष दिनमै । सरुवा गरिँदा न्यूनतम मानवीय संवेदना समेत नराखिएको गुनासो बढ्दैछ ।
काठमाडौंस्थित डिल्लीबजारमा मालपोत कार्यालयमा एक खरिदार ९ बर्षदेखि त्यही छन् । उनी हुन दिपेश सुवेदी,कर्मचारी संकेत नम्बर १८९९८७ रहेका सुवेदी सोही कार्यालयमा ०७३ साल असार १ गतेदेखि सोही कार्यालयमा छन् । खरिदार तहका उनी एउटै कार्यालयमा कसरी र के आधारमा आठ बर्षभन्दा बढी समय टिकिरहेका होलान ? अहिले सरुवामा परेका कर्मचारीहरु प्रश्न गर्दैछन् तर हाकिमहरुसँग जबाफ छैन ।

बिज्ञापन

यस्तै सोही कार्यालयमा केही कर्मचारीहरु पाँच बर्ष त केही ६ बर्षदेखि टिकिरहेका छन् । नियम अनुसार,सरुवा हुनुपर्ने हो तर तलदेखि माथिसम्म मिलाउने खुबी भएका कर्मचारी कोही आठ- दश बर्षसम्म एउटै कार्यालयमा टिक्ने अनि पहुँच नभएका कर्मचारीलाई तीन महिनामै भकुण्डो बनाउने प्रवृत्तिले निजामती सेवा कहाँ पुग्ला ?

यही कर्मचारी सरुवाको बिषयमा अन्यायमा परेका कर्मचारीहरु विभागमा पुगेर कर्मचारी सरुवाको बिषयमा आक्रोश पोखेका छन् । काठमाडौंमा लामो समयदेखि बसेका कर्मचारीलाई काठमाडौंमा घुमाइएको छ । यसमा कुन मापदण्डमा टेकेर कर्मचारी सरुवा गराइएको हो ? भन्दै कर्मचारीहरुले प्रश्न उठाएका छन् । उनीहरुले कुनै विधि,नीति र मापदण्डमा टेकेर नभइ मनपरी रुपमा गरिएको यो सरुवा नै क्यान्सिल हुनुपर्ने माग राखेका छन् । दीर्घ रोगी कर्मचारीहरुलाई अन्यायमा पर्ने गरी सरुवा गरिएको,केही कर्मचारीको पदस्थापन नभएको भन्दै कर्मचारीहरुले उपसचिव हरि सुवेदीमाथि कडा रुपमा विभागमै पुगेर प्रश्न गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

सात वटा सडक डिभिजन कार्यालयको कालोसूचीमा १० निर्माण कम्पनी

बालेनमाथि लाग्यो नागरिकता कीर्ते गरेको गम्भीर आरोप, प्रहरीमा जाहेरी दर्ता

१५ हजारमा किनेको शाखा अधिकृतले पुर्यायो ‘मामाघर’

बिशेष