रियल स्टेट कम्पनीमा अधिकृतको लगानी,के हेर्दैछ अख्तियार र सम्पत्ति शुद्धीकरण ?

नेपाल सरकारका अधिकृत देवी बहादुर थापाले अनाधिकृत रुपमा रियल स्टेट कम्पनीमा लगानी गरेको प्रमाण भेटिएको छ । हाल राजश्व अनुसन्धान कार्यालय पथलैयाबाट  सरुवा भएर करदाता सेवा कार्यालय चन्द्रपुर रौतहटमा सरुवा भएका थापाले रियल स्टेट कम्पनी खोलेर उक्त कम्पनीको संस्थापक शेयर लिएर काम गरिरहेको भेटिएको हो ।

बिज्ञापन

कर्मचारी संकेत नम्बर १७२३४८ रहेका थापाको नागरिक नम्बर ४६४७२६१७ रहेको छ । कम्पनी रजिष्ट्रार कार्यालयको अभिलेख अनुसार,थापाको नाममा २ करोडको संस्थापक शेयर रहेको अभिलेख कर्मचारी प्रेसले प्राप्त गरेको छ ।  लामो समयदेखि राजश्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत रहेका उनी नासु पदमा छँदैमा अकुत आर्जनमा डामिएका कर्मचारी हुन । आर्थिक बर्ष ७५/ ७६ मैं अकुत आर्जनमा डामिएर केही समय निलम्बनमा परेका उनै थापाले निलम्बन फुकुवा भएर अधिकृतमा बढुवा भएसँगै निजामती ऐनलाई चुनौति दिँदै रियल स्टेट कम्पनीमा लगानी गरिरहेको प्रमाण भेटिएको हो ।

बिज्ञापन

भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमाण्डौमा कार्यरत रहँदा उनीमाथि अकुत सम्पत्ति आर्जनको मुद्धा चलेको थियो । त्यस समय उनी नासु पदमा कार्यरत थिए । ०५६ साउन ५ गते विचारी पदबाट सरकारी सेवामा प्रवेश गरेका उनले आर्थिक बर्ष ०७५/ ०७६ सम्मको अवधिमा १ करोड ८७ लाख ४७ हजार १ सय ५० रुपैंया बराबरको अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले उनलाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । सो मुद्धा चलेसँगै निलम्बनमा परेका थिए । डेढ बर्ष पछि विशेष अदालतले सफाइ दिएको थियो ।

बिज्ञापन

उनै थापा त्यसपछि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पुगे,बढुवा पछि  अधिकृतको रुपमा कार्यरत छन् । उनी त्यहीँका स्थानीय हुन । हालैमात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको राजश्व कार्यालय पथलैयाबाट सरुवा भएर अर्थ मन्त्रालय मातहतको कर दाता सेवा कार्यालय चन्द्रपुर रौतहटमा पुगेका छन् । उनी यो सरुवा उल्टाउन लागिपरेका छन् ।

उनले  कृष्णचन्द्र रियलस्टेट एण्ड मल्टिप्रपोज कम्पनी खोलेर यताबाट निजामती ऐनलाई ठाडै चुनौति दिइरहेको छन् । यो कम्पनीको चुक्ता पूँजी चार करोडको रहेको छ । जसमा कृष्णबहादुर थापाको नाममा २ करोड र उनको नाममा २ करोडको शेयर रहेको कम्पनी रजिष्ट्रारबाट प्राप्त शेयर अभिलेख हेर्दा भेटिन्छ ।
निजामती ऐन अनुसार कुनै पनि कर्मचारीले कम्पनी खोल्न,व्यापार व्यवसाय गर्न प्रतिवन्ध लगाएको छ । निजामती ऐन २०४९ को दफा ४८ ले निजामती कर्मचारीहरुलाई व्यापार व्यवसाय गर्ने,कम्पनी स्थापना गर्ने पाइदैन । ऐनको दफा ४८ को क मा कुनै पनि कर्मचारीले कुनै बैंक वा कम्पनीको स्थापना,रजिष्ट्रेसन वा सञ्चालनमा भाग लिन,प्रचलित कानुन बमोजिम दर्ता गराउनु पर्ने व्यापार व्यवसायमा भाग लिन,अन्यन्त्र नोकरी गर्ने प्रतिवन्ध लगाएको छ ।

तर ऐनको धज्जी उडाउँदै उनले रियल स्टेट कम्पनी खोलेर रियल स्टेट व्यवसायमा लागेको भेटिएको छ । उक्त रियलस्टेटको कार्यालय बर्दिवास नगरपालिका,वडा नम्बर १ मा रहेको भेटिएको छ । गत बर्ष साउनमा यो रियल स्टेट कम्पनी दर्ता भएको र त्यहाँ उनी संस्थापक शेयर सदस्यको भूमिकामा रहेको भेटिएको छ ।

थापाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका सचिव कृष्णहरि पुष्करसँग अत्यन्त घनिष्ठ सम्बन्ध रहेको बताइएको छ । उनै पुष्करसँगको सम्बन्धका कारण उनी लामो समय पथलैया लगायतका आकर्षक कार्यालयमा टिक्न सफल भएको र अहिले पनि सोही कार्यालयमा फर्कन भरमग्दूर प्रयास गरिरहेको स्रोतको दावा छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले निजामती ऐन विपरित कम्पनी चलाएको भेटिए उनीमाथि अनुसन्धान र कारवाही हुने प्रतिक्रिया दिएका छन् ।

यो बिषयमा हामीले अधिकृत थापाले बोक्ने ९८५५….१४,९८५१…९ यी नम्बरमा पटक पटक सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२३ गतेका संयोजक,२९ गते पछि सभापति

प्रतिनिधि सभामा पुग्यो सामान्य प्रशासन मन्त्रीको ७८ लाख घुस डिल प्रकरण

तीन दफाले प्रदेश निजामती मारमा,संशोधनका लागि सचिवसहित २० कर्मचारीको ज्ञापन

सात सहसचिवसहित २५ कर्मचारी गृहको बरण्डामा

भदौं अगाडि निजामती विद्येयक पारित हुने सम्भवना क्षीण, कुन- कुन उच्च प्रशासक मारमा ?

राष्ट्रिय सभामा पेश हुँदै निजामती विद्येयक,संशोधनका लागि ७२ घण्टाको समय

इमान्दार कर्मचारीले भ्रष्टाचारको अभियोगबाट कसरी बच्ने ?

इ गणेशराज वस्तीको कविता : त्यही ओछ्यान प्यारो छ

बिशेष