उपसचिव ढकालको दशैं तिहार विशेष गीत सार्वजनिक

नेपाल सरकारका उपसचिव तथा गीतकार टिकाराम ढकालको शव्द रचना रहेको दशैं तिहार विशेष गीत सार्वजनिक भएको छ।

बिज्ञापन

नेपाल आईडल सिजन पाँचका विजेता करण परियारको स्वर एवं बैदेशिक रोजगार बोर्डमा निर्देशक, प्रकाशन, योजना तथा अनुगमन शाखामा कार्यरत टिकाराम ढकालको सिर्जनामा ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ गित सार्वजनिक भएको हो।

बिज्ञापन

ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी बोलको मर्मस्पर्शी गीतमा विदेशमा कार्यरत रही चाडपर्वमा आफ्नो गाउँघर आउन नपाउँदाको दुखः पीडालाई देखाउन खोजिएको छ। विशेष गरी हिन्दु धर्मालम्बी नेपालीहरुको महान चाड दशैं र तिहारलाई एक प्रदेशीले आफ्नो परिवारसँग मनाउन नपाउँदाको वास्तविक कथा व्यथालाई समेटेर निर्माण गरिएको उक्त म्यूजिक भिडियोमा उमेशजंग ठकुरी, स्मारिका ढकाल, सुरवीर पंडित (दारीबा), हुमा भण्डारी एवं बाल कलाकार आरोभ ढकालको मुख्य अभिनय रहेको छ।

निजामती सेवाको उपसचिव पदमा कार्यरत गीतकार टिकाराम ढकालको शव्दलाई युवा संगीतकार बिपी वाग्लेले संगीत एवं भद्र वलीको एरेन्ज गरेका हुन् भने रक कौशलको छायाँकन, उक्त भिडियोमा बिपी वाग्लेको निर्देशन रहेको उक्त भिडियो ओएसआर डिजिटल युट्यूब च्यानलबाट असोज १८ गते शुक्रबार रिलिज भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

बिशेष