मालपोतका २७५ कर्मचारीको सरुवा गरेर डिजी वेपत्ता,सरुवा क्यान्सिल गर्न तिव्र दबाब

भूमि व्यवस्था तथा अभिलेख विभागले २७५ जना कर्मचारीहरुको सरुवा गरेको छ ।

बिज्ञापन

गत १४ असोज गते १ बजेसम्म बसेर यी कर्मचारीहरुको सरुवा गरेको हो । सो रातमा विभागको महानिर्देशक कृष्णप्रसाद सापकोटा र कर्मचारी प्रशासनको हाकिम हरि सुवेदीको समूहले खरिदार १०४,नायस सुब्बा तहका १२६ नासु र अधिकृत तहका ४५ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

बिज्ञापन

यो सरुवा आर्थिक चलखेलका आधारमा भएको कर्मचारीहरुको आरोप छ । सरुवाको सूची अनुसार,केही कर्मचारीहरु तीन महिनामै भकुण्डो बनाइएका छन् भने मालपोतमा आठ देखि १० बर्षसम्म जरा गाँढेर बसेका कर्मचारीहरुलाई चलाइएको छैन । सरुवाको बिषयमा अन्यायमा परेका कर्मचारीहरु विभागमा पुगेका छन् । काठमाडौंमा लामो समयदेखि बसेका कर्मचारीलाई काठमाडौंमा घुमाइएको छ । यसमा कुन मापदण्डमा टेकेर कर्मचारी सरुवा गराइएको हो ? भन्दै कर्मचारीहरुले प्रश्न उठाएका छन् । केही कर्मचारीले सिधै प्रश्न राखे सरुवा हुनका लागि कर्मचारीले पद अनुसार पाँच देखि दश लाख बुझाउनुपर्ने,यहाँ बुझाएर सरुवा भएर तल गएपछि बाध्य भएर पैसा उठाउनु पर्ने हुँदा मालपोत कार्यालय सबैभन्दा बदनाम हुन पुगेको आवाज उठाए । उनीहरुले कुनै विधि,नीति र मापदण्डमा टेकेर नभइ मनपरी रुपमा गरिएको यो सरुवा नै क्यान्सिल हुनुपर्ने माग राखेका छन् । दीर्घ रोगी कर्मचारीहरुलाई अन्यायमा पर्ने गरी सरुवा गरिएको,केही कर्मचारीको पदस्थापन नभएको भन्दै कर्मचारीहरुले उपसचिव हरि सुवेदीमाथि कडा रुपमा विभागमै पुगेर प्रश्न गरेका छन् । उनीहरुले उपसचिव सुवेदीलाई कि त डिजीलाई बोलाउनुहोस नभए सचिवकहाँ हिड्नुहोस भन्दै र्याखर्याखती पारेका छन् । विभागमा नेपाल निजामती कर्मचारी युनियन,एकीकृत सरकारी कर्मचारी संगठन,राष्ट्रिय कर्मचारी संगठनका पदाधिकारीहरु नै ववरमहल पुगेका थिए ।

कर्मचारी सरुवाको बिषयमा चौतर्फी विरोध र आलोचना शुरु भएसँगै विभागका महानिर्देशक मोवाइल स्वीचड् अफ गरेर हिडेका छन् ।कर्मचारीहरुले यो सरुवा नै क्यान्सिल गर्न दबाब दिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

बिशेष