देशका ११ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध,सात एकतर्फी

काठमाडौंसहित देशका विभिन्न स्थानका ११ वटा सडक अझै पूर्ण रूपमा अवरुद्ध रहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार,७ वटा सडकमा एकतर्फी रुपमा यातायातका साधनहरु चलिरहेका छन् ।
पूर्ण रुपमा बाटो अवरुद्ध भएका सडक खण्डमध्ये सिन्नेरी सडक खण्ड, कुलेखानी मार्खु सडक खण्ड, भिमफेदी कुलेखानी फाखेल हुँदै काठमाडौं जोड्ने सडकमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको जनाइएको छ ।

बिज्ञापन

सिस्नेरी दक्षिणकाली सडकखण्ड,कान्ति लोकपथ सडक मार्ग पनि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन

विभिन्न स्थानमा खसेको पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्तिलोकपथ हुँदै उपत्यका भित्रने र बाहिरिने सवारीसाधन पनि चल्न सकेका छैनन् ।काभ्रेपलाञ्चोकका विभिन्न स्थानहमा रोशीखोलाले सडक कटान गरेका कारण बीपी राजमार्ग,सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका–२ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गमा आवागमन अवरुद्ध छ ।

यस्तै,लेले टिका भैरव राजमार्ग एकातर्फी रुपमा सुचारु भएको छ भने विपिराजमार्ग अन्तर्गतको केही स्थान र मध्यपहाडी राजमार्ग र पृथ्वीलोक राजमार्ग एकतर्फी रुपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

 भेनेजुएलाः राजनीतिक पतनदेखि भू–राजनीतिक संघर्षसम्म

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

बिशेष