खरिदारदेखि अधिकृत तहसम्मका ३५१ कर्मचारीको सरुवा,विवादमा तानिए डिजी

 

बिज्ञापन

भूमि व्यवस्था विभागले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । विभागले १५ कार्तिकको मितिमा एकै पटक ३५१ कर्मचारीको सरुवा गरिएको छ । सूची अनुसार २२३ नासु,८३ खरिदार र ४५ जना शाखा अधिकृतहरुको सरुवामा परेका छन् ।
सरुवाको सूची अनुसार उपत्याकाका कार्यालयबाट कर्मचारीलाई उपत्याकाकै कार्यालयमा घुमाइएको छ । शक्ति नपुग्ने र पैसा पेल्न नसकेका कर्मचारीहरुलाई अन्यन्त्र सरुवा गरिएको छ । कतिपय कर्मचारीहरु बर्ष दिन नपुग्दै सरुवामा परेका छन् । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले गरेको यो सरुवाप्रति भूमि व्यवस्था मन्त्री समेत असन्तृष्टी पोखेका छन् । सापकोटाले न्यूनतम मानवीय संवेदना समेत नहेरी केही कर्मचारीको सरुवा गरेको समेत भेटिएको छ । एकातिर सरुवा मागेका कर्मचारीलाई अन्यन्त्रै पठाइएको छ भने अधिकांश कर्मचारीलाई सुगमबाट सुगम अर्थात काठमाडौं,ललितपुर,भक्तपुरका कार्यालयमा सरुवा गरिएको भेटिएको छ ।

बिज्ञापन

यस अघि भूमि व्यवस्था विभागले तत्कालीन सचिव गोकर्णमणि दुवाडी सरुवा भएर तथ्यांक कार्यालयमा हिड्नु र अर्जुन पोखरेल तथ्यांकबाट भूमिमा सरुवा भएर आउने समयको बीचमा ७० भन्दा बढी कर्मचारीको सरुवा गर्दा राम्रै आर्थिक शूभ लाभ लिएको चर्चा ववरमहलस्थित भूमि व्यवस्था विभागकै कर्मचारीहरुले गर्दै आएका छन् । कर्मचारीको सरुवा टुंग्याएर विभागका हाकिमदेखि कप्र फाँट हेर्ने कर्मचारीहरु मोवाइल् अफ गरेर बसेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

बिशेष