१५औँ इक्यान मेला सम्पन्न, पाँच हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा आज नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा सञ्चालित १५औँ इक्यान शैक्षिक मेला सफलतापूर्वक सम्पन्न भएको छ । उच्च शिक्षाका लागि विदेशी भूमिमा जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजना गरिएको मेलामा पाँच हजारभन्दा बढीले अवलोकन तथा परामर्श लिएको इक्यानले जनाएको छ ।

बिज्ञापन

“बाढीपहिरोका कारण अधिकांश स्थानमा अवरोध सृजना भएको समयमा पनि मेलामा विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रह्यो”, इक्यानका अध्यक्ष शेषराज भट्टराईले भने, “मेलामा विद्यार्थीले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सम्पूर्ण जानकारी लिएका छन् ।”

बिज्ञापन

कोरोना महामारीपछि भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको मेला भएकाले पनि विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ । मेलामा विभिन्न शैक्षिक परामर्श संस्थाका साथै विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको पनि उपस्थिति थियो । विद्यार्थीहरुले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष साक्षात्कार गरेका थिए ।
मेला संयोजक गीता सिवाकोटलीले बाढीपहिरोका कारण निर्धारित समयभन्दा तीन दिन ढिला गरी आयोजना भएको. एक दिने शैक्षिक मेलामा विद्यार्थीले उल्लेख्य सहभागिता बताइन् ।

वन अप मिडिया प्रालिको व्यवस्थापनमा आयोजना भएको मेलाको प्रमुख प्रायोजकमा रियल ड्रिम्स एजुकेशनल कन्सलटेन्सी प्रालि र इन एसोसिएसनमा वेद इन्टरनेशनल एजुकेशन प्रालि थियो । साथै प्रायोजकमा केआईईसी प्रालि, अर्बिट इन्टरनेशनल एजुकेशन प्रालि, नोबेल एजुकेशन प्रालि, डब्ल्युआरआई एजुकेशन, राइट पाथ, सेनेका, कंगारु एजुकेशन फाउण्डेसन, एलाइट मुभर्स, भिरा एजकेशन र ग्रेस एजुकेशन प्रालि थिए ।
मेलामा विभिन्न २२ वटा कम्पनीका स्टल राखिएको थियो । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा पुरानो र ठूलो संस्था इक्यानमा ६०७ सदस्य छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

‘अहिले खानु, पछि छादेको बेला थाहा पाउनुहुन्छ’

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

उपसचिवको दरबन्दीमा धमाधम खटाइयो शाखा अधिकृत,अझैं ९० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन

अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद

बिशेष