६ बर्षदेखि कवाडी बनाइएको २८ करोडको मोवाइल भ्यान बल्ल आयो सञ्चालनमा

६ बर्षदेखि अलपत्र परेको खाद्यजन्य पदार्थको स्थलगत अनुगमन गर्नका वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान प्रयोगमा आएको छ । कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारीले खाद्यजन्य पदार्थको स्थलगत अनुगमन गर्नका लागि छ वर्षअघि खरिद गरिएको वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान सञ्चालनमा ल्याएका हुन ।

बिज्ञापन

सरकारले स्थलगत अनुगमनमा खाद्य र पेयजन्य पदार्थको संकलित नमूना सो भ्यानको सहयोगमा परीक्षण गर्ने र परीक्षणको क्रममा प्रतिकूल भेटिए सोही स्थानमा कारबाही गर्ने उद्देश्यले उक्त अत्याधुनिक प्रविधियुक्त सहितको उक्त भ्यान ६ बर्षदेखि २८ करोड लागतमा खरिद गरेको थियो । सो मोबाइल भ्यान खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार ५ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कर्ण निलम्बित भए । र,महानिर्देशक बनिन् मतिना वैद्य कर्ण । कर्णले ६ बर्ष सम्म महानिर्देशकको कुर्सीमा रहँदा उक्त भ्यान सञ्चालनमा कुनै चासो दिइनन् । २०७५ सालमा ७ करोडका दरले ४ वटा खरिद गरिएको थियो। बा२झ ४०८७, बा२झ ४ ०८८, बा२झ ४०८९ र बा२झ ४ ०९० नम्बरका चार वटा मोबाइल भ्यान खरिद गर्दा तत्कालीन समयमा करिब २८ करोड रुपैयाँ खर्च भएको उक्त भ्यान सञ्चालनमा ल्याउनका लागि विशेष अदालतले उक्त मोबाइल भ्यान सञ्चालनमा ल्याउनू भनेर २०७९ वैशाख २५ गते नै विभागलाई आदेश दिएको थियो। तर विशेषको आदेशलाई समेत मतिनाले लत्याउँदै आएकी थिइन ।

बिज्ञापन

सञ्जिव विशेषबाट निर्दाेष ठहर भए । ६ बर्षदेखि विभाग परिसरमा घाम तापेर बसिरहेको उक्त भ्यान सञ्जिव कुमार कर्ण उक्त कुर्सीमा पुगेसँगै सञ्चालनमा आएको हो । कर्ण अघिल्लो महिनामात्र विभागको महानिर्देशक बनेर गएका हुन ।मन्त्री रामनाथ अधिकारी र सचिव कर्णको ट्युनिङ मिलेसँगै उक्त मोवाइल भ्यान सञ्चालनमा आएको हो । उक्त मोवाइल भ्यान सञ्चालनमा ल्याउन यस अघिको महानिर्देशक कर्णलाई अघिल्ला मन्त्री वेदुराम भुसालदेखि वर्तमान मन्त्री अधिकारीसम्मले निर्देशन दिँदा मन्त्रीको निर्देशन समेत अटेरी गर्दै आइरहेकी थिइन वैद्यले । वैद्यलाई मन्त्रालयमा तानिएसँगै उक्त मोवाइल भ्यान सञ्चालनमा आएको हो ।

मन्त्री अधिकारीले सरकारको उद्देश्य अनुसार वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यानको सदुपयोग हुने विश्वास व्यक्त गर्दै जनताले गुणस्तर हिन खाद्य र पेयजन्य पदार्थ खानुपर्ने अवस्थामा केही हदसम्म नियन्त्रण गर्न यसले सहयोग पुग्ने बताए ।

बिज्ञापन

जनताले अखाद्य वस्तु खानुपर्ने अवस्थाबाट जोगाउने उद्देश्यले नै ठुलो लगानीसहित सरकारले वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान खरिद गरेको अधिकारीले बताए । ‘स्थलगत अनुगमनमा खाद्य र पेयजन्य पदार्थको संकलित नमुना भ्यानको सहयोगमा परीक्षण हुन्छ,’ मन्त्री अधिकारीले भने,‘परीक्षणको क्रममा प्रतिकूल भेटिए सोही स्थानमा कारबाही गर्ने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त भ्यान खरिद गरेको हो। आज देखि यो सञ्चालनमा आएको छ । आम उपभोक्ताको स्वास्थ्य खेलबाड गरेको पाइएमा कारबाही हुन्छ । यसमा तर वा पनि केही हुँदैन ।’

मन्त्री अधिकारीले सुरुमा उपत्यका र त्यसपछि राजमार्ग केन्द्रीत रहेर अनुगमन थाल्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।