आन्तरिक राजश्व विभागले १२ जना कर अधिकृतहरुको सरुवा गरेको छ । हिजोमात्र १७२ जना नायब सुव्वाहरुको सरुवा गरेको विभागले १२ जना शाखा अधिकृतहरुको सरुवा गरेको हो ।
सरुवा भएका अधिकृतहरुमा शाखा अधिकृत,कर अधिकृत र कम्युटर अधिकृतहरु रहेका छन् । जसमा शाखा अधिकृत देवी बहादुर थापालाई करदाता सेवा कार्यालय चन्द्रपुर रौहतटमा पठाइएको छ । यस्तै,राजन कुमार श्रेष्ठलाई आन्तरिक राजश्व कार्यालय सिमरा वारामा कर अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ ।
सरुवाको सूची अनुसार,शुशिल प्रसाद शर्मा आन्तरिक राजश्व कार्यालय बुटवलमा,जुम्लास्थित कर कार्यालयमा कार्यरत धनसिंह थापा र मनिसा कार्कीलाई आन्तरिक राजश्व कार्यालय कैलालीमा सारिएको छ । प्रमोद दासलाई आन्तरिक राजश्व कार्यालय लहान,सिरहामा खटाइएको छ ।
बिज्ञापन
करदाता सेवा कार्यालयबाट खाँदबारीबाट सुदिप दाहाल आरावि लाजिम्पाटमा आइपुगेका छन् ।
यस्तै कम्युटर इञ्जिनियर विश्वास पोखरेललाई आन्तरिक राजश्व विभाग,लाजिम्पाटमा ल्याइदा विभागमा कार्यरत कम्युटर इञ्जिनियर सुस्मिता श्रेष्ठलाई ठूला करदाता कार्यालय,हरिहर भवन,नागेन्द्र कर्णलाई विभागबाट मध्यमस्तरीय कार्यालय,बबरमहलमा पुर्याइँदा हरिहरभवनस्थित ठूला करदाता कार्यालयबाट प्रदीप खनाल र मध्यमस्तरीय करदाता कार्यालयबाट राजेश थारुलाई आन्तरिक राजश्व विभाग लाजिम्पाटमा ल्याइएको छ ।

























