नासुदेखि उपसचिव तहका २ सय बढी कर्मचारीको सरुवा गरिँदै

भूमि व्यवस्थापन तथा अभिलेख विभागले एकै पटक ठूलो संख्यामा कर्मचारीको सरुवाको सूची सार्वजनिक गर्दैछ । विभागले आज साझसम्ममा करिव २ सय कर्मचारीहरुको सरुवा गर्न लागेको जनाइएको छ ।

बिज्ञापन

 

बिज्ञापन

विभागले नायब सुब्बा, अधिकृत,उपसचिव तहसम्मको कर्मचारीको सरुवा गर्न लागेको हो । विभागले २० जना कार्यालय प्रमुखको सरुवा गर्न लागेको छ । उपत्याकाका कलंकी, चावहिल, डिल्लीबजार, साँखु, ललितपुर, भक्तपुर लगायतका कार्यालय प्रमुखहरुको सरुवाको तयारी गर्दैछ । ती कार्यालयमा जानका लागि उपसचिवहरुको दौडधुप र शक्ति केन्द्र धाउने क्रम बढेको छ ।

 

बिज्ञापन

निजामती ऐन तथा सरुवा मापदण्डमा कुनै पनि निकायमा खटाइएका कर्मचारीलाई सामान्यतया दुई वर्ष पूरा नभएसम्म सरुवा नगर्ने उल्लेख गरिएको भए पनि शक्ति र पहुँचमा भएका कर्मचारीहरु सात बर्षसम्म एउटै कार्यालयमा टिकेका धेरै उदाहरण भेटिएका छन् । यस्तै पहुँच भएका कर्मचारीहरु उपत्यकाकै एउटा कार्यालयबाट सुगमकै उपत्याकामै घुम्नेहरु पनि धेरै भेटिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष