पछिल्लो समय एकीकृत सरकारी कर्मचारी संगठन छाड्नेको लर्को बढेको छ भने स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले फड्को मारेको छ । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको नेतृत्वका अधिकांश पदाधिकारीहरुले पद परित्याग गरिरहेका छ्न् । अधिकांश पदाधिकारीहरुले अर्थवाद र अवशरवादमा लिप्त भएको आरोप लगाउँदै पदाधिकारीहरुले पद परित्याग गरिरहेका हुन् । संगठनको प्रथम अधिवेशनमा भएको सहमति र विधान विपरीत संगठनले गरेका गतिविधिहरूको विरोध गर्दै एकीकृत सरकारी कर्मचारी संगठन परित्याग गर्दै आएका छ्न् ।
बिज्ञापन
पछिल्लो समय मात्रै केन्द्रीय उपाध्यक्ष सीता गुरुङ, केन्द्रीय सचिव प्रतीक तामाङ, केन्द्रीय सचिव भुवन कुवर, केन्द्रीय सदस्यहरु पदम खत्री, अबिस्यराज भट्टराई, दिपेस कार्की, मिनजंग कुवर, इन्द्र पौडेल, नुतन गोइत, झुप बहादुर शाही, शिव सापकोटा, डबल तामाङ, धर्नाथ चौलागाइ, खुश्बु मिश्र, रमेश सिंह, अशोक पराजुली, मुकेश कुमार पाठक, सुजता कर्ण, रामकृष्ण महर्जन, रनु दास र नुतन गोईतले एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको छाडेका छ्न् । केन्द्रीय नेतृत्व लगायतका अधिकांश पदाधिकारीहरु अर्थवाद र अवशरवादमा लिप्त भएको, संगठनलाई मजबुत बनाउन भन्दा विखण्डन गर्न उद्धत रहेको, संगठनलाई विधि र विधान बमोजिम चलाउने भन्दा पनि अराजकता तर्फ धकेलेको, सदस्यहरुको पिर मार्कामा कुनैपनि ध्यान नदिएको कारण अधिकांस पदाधिकारीरसदस्यहरु निष्कृय रहेकोले यही अवस्थामा आगामी दिनमा सो संगठन चल्न नसक्ने ठहर गरी एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको कुनै पनि पदमा नरहनेगरी उक्त संगठन परित्याग गरेको घोषणा गरेका हुन् ।
बिज्ञापन
पूर्व अध्यक्ष मोहन घिमिरे,गगन विष्ट लगायतले आफू निकटका कर्मचारीलाई अध्यक्ष बनाए पछि पार्टी यस अघि नै शरण गुरुङहरुको समूहले विद्रोह गर्दै आएको थियो ।संस्थापक अध्यक्ष रहेका मोहन घिमिरे उपसचिवमा उक्लिएसँगै संगठनको अध्यक्षमा छानिएका थिए गगन बिष्ट । विष्ट पनि घिमिरेझैं बढूवाबाट उपसचिवमा उक्लिए । गगन उपसचिवका बढूवाका लागि सिफारिस भएसँगै एउटा पक्षले आफू निकटस्थ यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै शरण गुरुङहरुको समूह विद्रोहमा उत्रिएर समानान्तर गतिविधि गर्दै आइरहेको थियो ।संस्थापक अध्यक्ष रहेका मोहन घिमिरे उपसचिवमा उक्लिएसँगै संगठनको अध्यक्षमा गगन बिष्ट छानिएका थिए । विष्ट पनि घिमिरेझैं बढूवाबाट उपसचिवमा उक्लिए । गगन बिष्ट उपसचिवका बढूवाका लागि सिफारिस भएसँगै एउटा पक्षले आफू निकटस्थ यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै शरण गुरुङहरुको समूह विद्रोहमा उत्रिएर समानान्तर गतिविधि गर्दै आइरहेको थियो ।
गत बर्षको फागुन २६ र २७ गते खरिपाटीमा भएको भेलाले संगठनको अध्यक्षमा गगन र सह अध्यक्षमा शरणलाई चयन गरेको थियो । निर्वाचन भनिए पनि टीका लगाएरै पदाधिकारी चयन भएको थियो उक्त समयमा । गगन बिष्ट उपसचिवमा बढूवा सिफारिस भइसके पछि फेरि आफ्नै समूहका यामबहादुर खत्रीलाई अध्यक्ष बनाइसँगै उक्त संगठनमा भाँडभैलो शुरु भएको थियो ।