घरबाटो सिफारिसमा साढे चार लाख ‘घुस’

घुससहित पक्राउ परेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष उपेन्द्र सहनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित वडासचिव उपेन्द्र साहु तेली र विजय मण्डलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
बाटो प्रमाणित गरिदिनका लागि सेवाग्रहीसँग ४ लाख ५० हजार घुस लिएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

बिज्ञापन

अख्तियारको बर्दिवासस्थित कार्यालयबाट गएको टोलीले सेवाग्रहीसँग घुस लिइसकेको अवस्थामा वडाध्यक्ष सहनीसहित तीनै जनालाई नियन्त्रणमा लिएको थियो।
घरबाटो सिफारिस प्रमाणित गरी दिन सेवाग्रहीसँग उनीहरूले घुस रकम लिएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता थपलियाले बताए।

वडाध्यक्ष सहनी र वडा सचिव तेली ४ लाख ५० हजार बिगो कायम गरी जरीवाना तथा कैद सजायको मागदाबी अख्तियारले लिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

सम्पत्ति शुद्धीकरणको ‘राडार’मा अर्थका आधा दर्जन सहसचिव

दीपक भट्ट ‘ग्याङ’को जालो: सचिव–सहसचिवसम्म सम्पत्ति शुद्धीकरणको राडारमा

प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा क-कसले नियुक्ति पाए ?

सिंहदरबारमा सशस्त्रका अधिकृतको गोप्य दौडधूप : बढुवा प्रभावित पार्न खोजेको आशंका

कर्मचारी ट्रेड युनियनका नेताहरु तितरवितर

बिशेष