कर्मचारी युनियनको भेला तथा प्रशिक्षण सम्पन्न

तनहुँको बन्दीपुरमा नेपाल निजामती कर्मचारी युनियनको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। समावेशी विभागको आयोजनामा नेपाली कांग्रेसका उपसभापति तथा पूर्व मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा संपन्न भएको हो । कार्यक्रममा युनियन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारीरसदस्यहरू, जिल्ला तथा विभागीय कार्यसमितिका अध्यक्ष तथा पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, समावेशी विभागका सदस्यहरूका अतिरिक्त देशभरका करिब दुई सय प्रतिनिधीहरुको सहभागिता रहेको थियो । भेला तथा प्रशिक्षण कार्यक्रममा निजामती सेवामा समावेशिता, नेतृत्व विकास र ट्रेड युनियनको सान्दर्भिकता समेतका विषयमा प्रशिक्षण प्रदान गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष एवं समावेशी विभागका संयोजक पुरण गुरुङले जानकारी दिनुभयो ।
सो कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन पूर्व बरिष्ठ उपाध्यक्ष सूरेन्द्र प्रसाद अधिकारी, युनियनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका अध्यक्ष दीपक रेग्मी, युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराई, केन्द्रीय सदस्य नवीन पन्थी र यम प्रसाद शर्मा, कर्मचारी युनियन तनहुँका अध्यक्ष नारायण प्रसाद अधिकारी, भक्तपुरका अध्यक्ष सुरज पौडेल, आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा समेतले विभिन्न विषयमा आफ्नो धारणा राख्नु भएको थियो।

बिज्ञापन

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति तनहुँको सहयोगमा सम्पन्न भएको कार्यक्रमको कर्मचारी युनियन, कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने केन्द्रीय सदस्य चित्रा ढकालको स्वागत मन्तब्य राख्नु भएको थियो। प्रतिकूल मौसमका बावजुत देशभरबाट उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न भएको कर्मचारी युनियन तनहुँका अध्यक्ष नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

‘अहिले खानु, पछि छादेको बेला थाहा पाउनुहुन्छ’

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

उपसचिवको दरबन्दीमा धमाधम खटाइयो शाखा अधिकृत,अझैं ९० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन

अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद

बिशेष