हराएका २४ प्रहरी खोज्दै हेर्डक्वार्टर

प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न क्षेत्रमा कार्यरत २४ प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको भन्दै तत्काल सम्पर्कमा आउन सूचना जारी गरेको छ । कार्यालयले सम्पर्कमा नरहेका २४ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
विहिबार प्रधान कार्यालयले एक सूचना जारी गर्दे आफूखुसी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

बिज्ञापन

प्रहरी महानिरीक्षकको सचिवालय, अन्तर्गतको कानुन शाखाले आज सूचना जारी गर्दै आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको जनाएको छ ।

बिज्ञापन

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउन भनेको छ । सूचनामा उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो ।

बिज्ञापन

स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा तनावपूर्ण अवस्था, गोली चल्न सक्ने सम्भावना

सेनाले लुटपाटमा संलग्न २५ जनालाई पक्राउ गर्‍यो

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

बिशेष