कर्मचारी युनियनद्वारा पुस्तकालयलाई १ लाखको सहयोग

नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति रूपन्देहीले नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई १ लाख बराबरको सहयोग गरेको छ।

बिज्ञापन

केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु सिवाकोटी र नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थीको उपस्थितिमा रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे र सचिव बालकृष्ण कणेलले कांग्रेस महामन्त्री गगन कुमार थापालाई एक लाख एक रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको थियो ।

बिज्ञापन

सो अवसरमा महामन्त्री गगन थापाले रचनात्मक काम गरेकोमा रुपन्देही युनियनको उच्च प्रशंसा गर्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा युनियनका केन्द्रीय सदस्य नवीन पन्थीले कर्मचारीले उठाउँदै आएका विषयलाई सम्बोधन गरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने सन्दर्भमा थप पहल गर्न कांग्रेस महामन्त्री गगन थापालाई अनुरोध गर्नुभएको थियो।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डेले पुस्तकालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै कर्मचारी युनियन रूपन्देहीले पेशागत हकहितका अतिरिक्त आफ्ना सदस्यहरूको निःशुल्क दुर्घटना बीमा, जीवन विज्ञान लगायतका जीवनोपयोगी कार्यक्रम सञ्चालन, वृद्धाश्रममा सहयोग प्रदान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान लगायतका विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी गराउनु भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष