इकुको मानव तस्करी धन्दा,परे प्रहरीको फन्दा

कलाकार भिसामा विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर (इकु) प्रक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकरलाई पक्राउ गरेको हो ।

बिज्ञापन

कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगेपछि केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

इकुले क्यानडा, अमेरिका र युरोपका विभिन्न देशमा कलाकार भिसामा लगिदिने र त्यहाँ गएपछि आकर्षक कमाइ हुने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीको आरोप छ ।उनको एसएमएस फिल्म प्रालिको नाममा रहेको बैंक खातामा पैसा जम्मा गर्न लगाइ विदेशी मुलुकमा भीसाका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरूले भीसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी भइरहेको बताउने र लामो समयसम्म झुलाउने गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले सुलेमानलाई पक्राउ गरेको हो ।
इकुलाई यस अघि गत कात्तिकमा उनीसहितको टोली जुवातास खेलेको आरोपमा पक्राउ परेका थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशपछि १५–१५ हजार रुपैयाँ धरौटीमा उनीहरुलाई छोडिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपेर शंकरमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

२५ कर्मचारी छड्केमा,प्रमुख प्रशासकीय अधिकृतसहितको हाजिरीमा लाग्यो रातो

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चारविरुद्ध भ्रष्टाचार मुद्धा दायर

विजयी भएको प्रमाणपत्र बुझ्न प्रतिनिधि सभाको जेष्ठ सदस्य नै पुगेनन निर्वाचन आयोग

पर्यटक भिसामा खेल खेल्न प्रतिवन्ध

यी हुन शाखा अधिकृत बढुवाका लाइनमा रहेका ३०४ कर्मचारी

तीन बर्ष अदालतको चक्करपछि बल्ल उक्लिइन उपसचिवमा

बिशेष