समाचारप्रति उपसचिवको आपत्ति :-पेशागत मर्यादा र आचारसंहिता नाघेर कुनै काम नगरेको जिकिर

राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव श्रीधर ज्ञवालीले कर्मचारी प्रेस डटकममाअनलाइनमा प्रकाशित समाचारप्रतिआपत्ति जनाएका छन् ।

बिज्ञापन

उनले उक्त समाचारकपोकल्पित,मनगढन्ते,झूठा,तथ्य प्रमाण नरहेको र उनको पेशागत करिअरमा दाग लगाउने उदेश्यले प्रकाशन गरिएको आरोप लगाएका छन् ।

बिज्ञापन

उनले विभिन्न चार वटा तथ्यगत आधारहरु पेश गर्दै उक्त समाचारको खण्डन गरेका छन् । ज्ञवालीले समाचारमा प्रकाशित गरिएजस्तो,आफूले कर्मचारी सरुवामा चलखेल गरेको भन्ने बिषय अस्वीकार गरेका छन् । उनले उक्त समाचारप्रति खण्डन गर्दै भनेका छन्,’राजपत्राकित विशिष्ट श्रेणिको सचिव तथा प्रथम श्रेणिको सह सचिव भन्दा पदसोपानमा तल रहेको उप सचिव पदमा कार्यरत कर्मचारीले आफैले अन्तिम निर्णय गरी कार्यसम्पादन गर्न नसक्ने प्रष्ट पारेका छन् यसका साथै आर्थिक प्रशासन आफैमा परस्परमा सन्तुलन तथा नियन्त्रणको सिद्धान्त अनुसार राय वा परामर्श दिन सक्ने तर अन्तिम निर्णय नै आएपछि कार्यान्वयन गर्ने पद्धतिमा आधारित व्यवस्था भएको सन्दर्भमा अधिकार प्राप्त अधिकार, सूचना अधिकारी वा प्रवक्ता समेत कसैलाई नसोधी र मलाई पनि एकपटक पनि नसोधी एकपक्षीय रुपमा समाचार प्रकाशन र प्रसारण भएकोप्रति आपत्ति प्रकट गर्दछु ।

ज्ञवालीले समाचारमा प्रकाशित भएजस्तो बिहानैदेखि कार्यालयमा आफू पुग्ने बिषय गलत भएको जनाएका छन् ।  आफू विहान सात बजे कहिल्यै कार्यालय नगएको स्पष्ट पार्दै कार्यालयको हाजिरी विवरण,अनलाइन र अनलाइन रजिष्टरमा सुरक्षित रहेको उल्लेख गर्दै आफूलाई आर्थिक शाखाको मात्र जिम्मेवारी रहेको तर अनुसन्धानको जिम्मेवारी नै नरहेको सम्बन्धमा बताउँदै कसैमाथि अनुसन्धान गर्ने आफ्नो कार्यक्षेत्र नभएको स्पष्ट पारेका छन् ।

बिज्ञापन

कार्यालयका अन्य उपसचिवहरुले सवारी सुविधा लिइरहेको हुँदा आफूले पनि सवारी लिएको व्यहोरा उल्लेख गर्दै कुरा गर्ने तौर तरिका व्यक्ति अनुसार फरक फरक हुने उल्लेख गर्दै आफूले पेशागत मर्यादा र आचारसंहिता नाघेर काम नगरेको स्पष्टाएका छन् ।

 

यस्तै ज्ञवालीले  प्रकाशित समचाारमा उल्लेख भएजस्तो पूर्व सचिव राम आधार साहका समयमा भए/ गरेका कुनै  भ्रमण आदेश रद्ध नगरेको प्रष्टाएका छन् । लेखामा काम गर्ने करारका कर्मचारी हटाइ एकलौटी गरेको भन्ने बिषय पनि झूठो भएको दावी गरेका छन् ।

हाम्रो भनाई

सिंहदरबारका अधिकांश मन्त्रालय र त्यहाँका कर्मचारीहरु बीच राष्ट्रिय सर्तकता केन्द्रका उपसचिवले नियम विपरित चार पाग्रे सवारी साधन सुविधा लिएको,कानुनद्धारा नपाइने ड्राइभर सुविधा समेत लिइरहेको,ड्राइभर समेत उर्जा मन्त्रालयबाट अवकाश प्राप्त कर्मचारी रहेको र उनले ऐन विपरित दोहोरा सुविधा लिएको बिषयको चर्चा र परिचर्चालाई पछ्याउँदै जाँदा हामीले यो समाचार तयार पारेका हौं ।

कर्मचारी प्रेस डटकमले उक्त समाचार,राष्ट्रिय सर्तकता केन्द्रका उपसचिव ज्ञवालीविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भएको उजुरी,उक्त उजुरी पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सर्तकता केन्द्रको सचिवलाई आवश्यक कारवाही गर्ने लेखेको पत्रलाई आधार र प्रमाण मानेर लेखेको स्पष्ट पार्न चाहन्छौं ।

सतर्कता केन्द्रमा भएको बदमासीका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही साउन २९ गते दर्ता गरिएको पत्रको बुँदा नम्बर २ देखि ६ सम्म  उपसचिव ज्ञवालीले गर्नुभएको अनियमितताको फेहरिस्त उल्लेख गरिएको छ । उक्त उजुरी पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुशासन,भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाले यही भाद्र ९ गते आवश्यक कारवाहीका लागि सर्तकता केन्द्रका सचिवलाई पत्र काटिएको छ । उक्त पत्राचार सँगै उपसचिव ज्ञवालीले गर्नुभएको बदमासी उपर छानबिन गर्न केन्द्रले कमिटि नै गठन गरिएको छ ।

यस्तै सरकारद्धारा जारी सवारी साधन सञ्चालन तथा मर्मत सम्बन्धि निर्देशिका,२०७२ ले सहसचिव र सो भन्दा माथिल्ला तहका कर्मचारीले मात्र चार पाङ्ग्रे सवारी साधनको उपयोग गर्नै पाउने स्पष्ट पारेको छ ।

अन्य सरकारी निकायमा भएको गडबडी उपर छानबिन र कारवाही सिफारिस गर्नुपर्ने अधिकारप्राप्त निकायका उपसचिवहरु क्रमश लेखा उपसचिव श्रीधर ज्ञवालीले ७४१८, उपसचिव हिरामणि सुवेदीले ९५०८ र हरिप्रसाद शर्माले ६७५३ नम्बरको चारपाग्रे सवारी साधन प्रयोग गरिरहेको बिषय ऐन,निर्देशिका अनुसार नमिल्ने बिषय हुँदा हामीले त्यसलाई समाचारको रुपमा प्रकाशन गरेका हौं ।

एक त उपसचिवलाई चार पाग्रे सवारी साधनको सुविधा नै छैन । अर्कोतिर कानुनले नमिल्ने ड्राइभरको सुविधा समेत लिइरहेको,उनले गरेका बदमासी,कर्मचारीहरुमाथि गरेको थिचोमिचो उपर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेको उजुरी,उक्त उजुरी पछि कारवाहीका लागि मन्त्रालयमा भएको गरिएको सिफारिसमै टेकेर समाचार प्रकाशन गरिएको स्षष्ट पार्न चाहन्छौं । उक्त समाचार कुनै कपोकल्पित र मनगढन्ते रुपमा नलेखेको स्पष्ट पार्न चाहन्छौं । केन्द्रका दश भन्दा बढी कर्मचारीहरुसँग उपसचिव ज्ञवालीका कार्यशैली,प्रवृत्तिका बारेमा जिज्ञासा राखेका छौं । कार्यलय समयभन्दा राती अवेर ७ बजेसम्म कार्यकक्षमै हाम्रै अनुगमनको क्रममा भेटिएपछि हामीले तथ्यमै टेकेर लेखेको स्पष्ट पार्न चाहन्छौं ।  प्रमाणका रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा परेको उजुरी,उक्त उजुरी पछि प्रधानमन्त्री कार्यालयले केन्द्रका सचिवलाई आवश्यक कारवाही गर्नका लागि काटेको पत्र प्रमाणका रुपमा कर्मचारी प्रेस डटकमसँग सुरक्षित छ । समाचार प्रकाशनको क्रममा ज्ञवालीलाई टेलिफोन प्रयास गर्दा उहाँको फोन रिसिभ नभएका कारण उहाँको प्रतिक्रिया छुट्न गएको हो ।

कर्मचारी प्रेस अनलाइनले कर्मचारी प्रशासनमा भए गरेका राम्रा र नराम्रा काम र कारवाही प्रकाशन गर्दै आएको छ,कर्मचारी प्रेसले । उहाँसँग कुनै रिसइवी साँधेर,उहाँको मानमर्दन गर्ने कुनै उदेश्य राखेर हामीले समाचार प्रकाशन गरेका छैनौं र त्यसरी समाचार कहिल्यै प्रकाशन पनि गर्दैनौं । यद्यपि प्रकाशित समाचारबाट उहाँमा पर्न गएको असुविधा र चोटप्रति कर्मचारी प्रेस परिवार क्षमा चाहन्छ ।

https://karmacharipress.com/2024/09/02/10674/

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष