काठमाडौंसहित पाँच जिल्लाका सिडिओ फेरिए

 

बिज्ञापन

गृह मन्त्रालयले काठमाडौंसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । काठमाडौंमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ । आचार्य कारागार व्यवस्थापन विभागको महानिर्देशकका रुपमा कार्यरत छन् । काठमाडौंमा कार्यरत सिडिओ जितेन्द्र बस्तेलाई मन्त्रालयमा लगिएको छ । यस्तै प्यूठानका नारायण अर्याललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

बिज्ञापन

सिन्धुली, सिन्धुपाल्चोक, अर्घाखाँची जिल्ला एक महिनादेखि रिक्त थिए । त्यहाँ कार्यरत सहसचिवहरुमध्ये केहीलाई महावाणिज्यदूत र केही प्रदेशतिर सरुवा भएसँगै रिक्त रहेका यी जिल्लामा सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिला प्रसाद शर्मा, अर्घाखाँचीमा बाबुराम अर्याल र प्यूठानमा रमा आचार्यलाई सिडिओको जिम्मेवारी दिएर पठाइएको छ ।

त्यस्तै, अर्थ मन्त्रालयबाट सरुवा भएर आएका सहसचिव टोकराज पाण्डेलाई मन्त्रालयको नीति योजना महाशाखामा खटाइएको छ ।

बिज्ञापन

गृहले अवधि पुगेका,माओवादी निकट प्रशासकहरु प्रमुख जिल्ला अधिकारी रहेका जिल्लाको सिडिओ समेत सरुवा गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष