गोदावरीका प्रमुख प्रशासकीय अधिकृतसहितको भ्रष्टाचार मुद्धामा अख्तियारको पुनरावलोकन

विशेष अदालतका अध्यक्षका रुपमा अहिले टेक नारायण कुँवर कुर्सीमा छन् । उनी त्यहाँ पुगेसँगै पूरानो मुद्धामा ठयाङ ठ्याङ फैसला ठोक्ने क्रम जारी छ । उनी त्यहाँ पुगेसँगै दुई बर्षभन्दा पूरानो मुद्धै छैन । यसरी विशेषले धमाधम मुद्धाको फैसला सुनाएको अख्तियारलाई चित्त बुझेको छैन ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो महिना दिनमा ३६ मुद्दाको फैसला चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन दर्ता गराएको छ ।जसमध्येको एउटा मुद्धा हो, गोदावरी नगरपालिकामा भएको भ्रष्टाचारमा विशेष अदालतले सफाई दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, इन्जिनियर पूर्ण कुँवर, सब–इन्जिनियर नरेन्द्र शाही, ल्याब टेक्निसियन धनबहादुर विष्ट र बाली चन्द्र निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक हरिसिंह विष्टसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो । विशेषले पुस २२ गते दिएको सफाईको फैसलामा असहमति जनाउँदै सर्वोच्चमा पुनरावेदन दायर गरेको हो । अदालतले वेस कोर्स र सब–वेस कोर्सको ग्रेडेसन टेस्टमा त्रुटि रहेको, निर्माण कार्य पूरा भएपछि गरिएको नापजाँचले सही नतिजा दिन नसक्ने र प्रतिवादीहरूले तय गरेको मापदण्डअनुसार काम गरेको भन्दै सफाई दिएको थियो ।

अख्तियारले विशेष अदालतको फैसलालाई त्रुटिपूर्ण ठहर गर्दै नगरपालिकाका सडकहरूको स्थलगत निरीक्षणमा प्रतिवादीहरूले भुक्तानीमा अनियमितता गरेको प्रमाण प्रस्तुत गरिएको जनाइएको छ । राम जानकी मन्दिर जाने सडकको गुणस्तर परीक्षणमा पनि प्रतिवादीले नापी किताबअनुसार काम नगरेको र गुणस्तर नपुगेको तथ्य पेश गर्दा पनि अदालतले ध्यान नदिएको अख्तियारको भनाइ छ । खेमराज विष्ट र पूर्ण कुँवरले ठेक्काको कार्यादेश बमोजिम काम नगरेको स्पष्ट प्रमाण हुँदाहुँदै पनि अदालतले विश्लेषण नगरी सफाइ दिएको निर्णय त्रुटिपूर्ण रहेको अख्तियारको दाबी छ ।

बिज्ञापन

उसो त आर्थिक बर्षमा विशेषले भ्रष्टाचारसम्बन्धी ५०६ मुद्दा फर्स्योट गरेको थियो । त्यसमध्ये २४३ मुद्दामा सफाइको फैसला भएको छ । त्यस्तै, १५९ मुद्दामा ठहर र १०४ मा आंशिक ठहर भएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमआरलाई अस्पताल प्रवेश निषेध

जेनजीको आन्दोलनका नाममा कर्मचारीलाई चलखेलको अवसर,विवादमा तानियो कलंकी मालपोत

राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

उपसचिवको सरुवामा ५३ लाख डिल,दुई हाइप्रोफाइलविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पूर्व प्रधानमन्त्री,मन्त्रीसहित सचिव र सह सचिवलाई विदेश भ्रमणमा रोक

दुई मन्त्री, पाँच विचौलियालाई प्रतिवादी बनाएर विशेष अदालत पुग्यो अख्तियार

बाघ भैरवबारे सामान्य जानकारी

१४ बर्षको इतिहासमा दोहोर्याएर महानिर्देशक,ग्रे लिष्टबाट बाहिर निकाल्ने मुख्य टिओआर

बिशेष