आयल निगमका करारका दुई कर्मचारीबीच विवाद,बेल्चाले टाउकोमा हानेर बर्माको हत्या

धनुषाको महेन्द्रनगरमा रहेको नेपाल आयल निगमको डिपोमा कार्यरत एक जना कर्मचारीको हत्या भएको छ ।

बिज्ञापन

शुक्रबार बिहान १० बजे डिपोमा कार्यरत कर्मचारी सिरहा नगरपालिका ३ का ४० वर्षीय राकेशकुमार बर्मा र धनुषाको धनुषाधाम नगरपालिका ४ का ३५ वर्षीय प्रकाश यादवबीच विवादको क्रममा यादवले बेल्चाले टाउकोमा प्रहार गर्दा बर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी निरञ्जन अबाले जानकारी दिए । बेल्चा प्रहार गर्ने यादवलाई इलाका प्रहरी कार्यालय, महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

बर्मा र यादव दुवै आयल निगमका करारका कर्मचारी हुन् । करारमा कार्यरतहरुको सेवा सुविधा लगायतका विषयमा केही समयअघि देखि विवाद थियो । सोही विवाद हुँदा बर्मामाथि कुटपिट भएको हो । बर्मा ४ वर्षदेखि उक्त डीपोमा करारमा कार्यरत थिए ।

बर्माको शव पोस्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष