नेपाली सेनाले माग्यो २८० अधिकृत क्याडेट

 

बिज्ञापन

नेपाली सेनाले अधिकृत क्याडेट पदमा २८० जनशक्ति माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी सेनाले शुक्रबार आवेदन माग गरेको हो ।

बिज्ञापन

सेनाले खुलातर्फ सबैभन्दा धेरै १४७ सिटमा आवेदन मागेको छ । त्यस्तै, महिलातर्फ २४, आदिवासीरजनजातितर्फ ३८, मधेसीतर्फ ३३, दलिततर्फ १८, पिछडिएको क्षेत्रतर्फ ६ र सैनिक तालिम, कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिटमा विज्ञापन गरिएको छ ।

प्रमाणपत्र तह उत्तीर्णका हकमा १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक तह उत्तीर्णको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेकाले अधिकृत क्याडेट पदमा आवेदन दिन सक्नेछन् ।

बिज्ञापन

आवेदन सिंगल दस्तुर तिरेर आगामी असोज ५ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १२ गतेसम्म दिन सकिनेछ । भर्ना छनोट निर्देशनालय र देशका सात वटै पृतनाबाट आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा होटलमा काम गर्ने एक जनाको ज्यान गयो, अर्का एक गम्भीर घाइते

यस्तो छ जाँचबुझ आयोग समक्ष तत्कालीन गृहसचिव दुवाडीले दिएको बयान

ओली लेखकलाई ज्यान मुद्धा : यी हुन जाँचबुझ आयोगले डामेका प्रशासक,नेपाली सेना र प्रहरी अधिकारी

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

बिशेष