रसुवाका २१ वर्षीय युवकविरुद्ध विभागले दायर गर्‍यो २६ लाखको मुद्दा

अमेरिकी डलर चीनतर्फ तस्करीको गर्न लागेको आरोपमा पक्राउ परेका रसुवाका २१ वर्ष युवा नुर्पु तामाङविरुद्ध  २६ लाख ८३ हजारको राजश्व चुहावटको मुद्दा दायर भएको छ।

बिज्ञापन

विभागले भदौ ३ गते जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेको हो ।  विभागले  अवैध अमेरिकी डलरसमेत ओसारपसार  कार्य गर्न लागेको अवस्थामा २१ वर्षमा तामाङलाई चीनको सीमा क्षेत्र रसुवागढी नाकाबाट पक्राउ गरेको थियो ।

बिज्ञापन

राजश्व अनुसन्धान विभागले जिल्ला अदालत रसुवामा तामाङविरुद्ध २६ लाख ८३ हजार २ सय रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना अनि कैद सजाय माग गर्दै  मुद्दा दायर गरेको हो ।

उनी चीनतर्फ पैदल यात्रामार्फत जाँदै थिए । उनीमाथि शङ्का लागेपछि जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढी टिमुरेबाट सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालय टिमुरेका कर्मचारीले सोधपुछका लागि नियन्त्रणमा लिएका थिए । संयुक्त टोलीले चेकजाँच गर्ने उनको साथबाट अमेरिकी डलर बिस हजार बरामद भएको थियो ।

बिज्ञापन

बयानका क्रममा उनले अरू कसैको नाम नखुलाएपछि उनीविरुद्ध मात्र राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।  विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ (१), दफा ४ (१) तथा दफा ५ तथा दफा १२ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट जारी सूचना विपरीतको कसुर हुँदा सोही कसुर गरेको दाबी अभियोग पत्रमा गरिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा होटलमा काम गर्ने एक जनाको ज्यान गयो, अर्का एक गम्भीर घाइते

यस्तो छ जाँचबुझ आयोग समक्ष तत्कालीन गृहसचिव दुवाडीले दिएको बयान

ओली लेखकलाई ज्यान मुद्धा : यी हुन जाँचबुझ आयोगले डामेका प्रशासक,नेपाली सेना र प्रहरी अधिकारी

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

बिशेष