गॉजा फडानी गर्दा हुने नोक्सानी

१.गरिब नेपालीबाट चुसेको तिरोमध्ये वर्षको रू १ अर्ब गॉजा फाड्न, यसबिरूद्ध जनचेतना जगाउन, जेलमा रहेक ५ हजार गॉजा कसुरका कैदी पाल्ने नाममा खर्च हुन्छ।
२. गॉजाले वायुमण्डलमा भएको ग्रीन हाउस ग्यास कार्बनडाई अक्साईड सोसेर वातावरण स्वच्छ पार्छ र माटो मलिलो बनाउछ।
३. गॉजाको वरिपरि अक्सिजन धेरै हुन्छ त्यसैले वातावरण स्वस्थ बन्छ। हामीले पर्याप्त अक्सिजन पाउछौँ।
४. गॉजाले माटोमा भएको टक्सिनलाई सोसेर माटो र वरिपरिको जललाई स्वच्छ बनाउछ।
५. गॉजा फॉडेर आगो लगाउदा वातावरणमा कार्बन मोनोअक्साईड पुगेर वातावरण प्रदुषित पारिदिन्छ।
६. गॉजाको पात टिपेर चिया खायो भने निरोगी भइन्छ, लागेको ७०% रोग पनि निको पार्छ।
७. सबै गॉजामा नसालु पदार्थ हुदैन, भाले र हेम्पमा नसा हुदैन। यसलाई मास्नु अज्ञानता र पाप हो।
८. गॉजा मास्नु नै छ भने यसको टुप्पा काटेर नष्ट गरे हुन्छ। यसका डॉठ कंक्रिट र रेसा कपडा बनाउन धेरै उपयोगी हुन्छ। डॉठ किन्ने नेपाली क्रेताहरू छन्।
९.गॉजाको बोटलाई माटोमा गाडेमा माटो एकदम मलिलो उर्बर हुन्छ।
१०. गॉजाको वरिपरि हानीकारक ब्याक्टेरिया र भाइरस आउदैन र नजिकको मानव वस्ति र अन्य रूखबिरूवालाई पनि गॉजाले रक्षा गर्छ।
११. गॉजाको बोटले अरू बिरूवालाई हुर्कन कुनै बाधा गर्दैन, अरुको मल पनि त्यति सोस्दैन, आफू मात्र सर्लक्क बढ्छ।
१२. मानव सभ्याताको सुरूवात देखि गॉजा मानवको घनिष्ट मित्र रहदै आएको हो।
१३.पहिलो कपडा र पहिलो कागज गॉजाबाट बनेको हो।
१४. सन् १९९२ मा बैज्ञानिकहरुले पत्ता लगाए- हाम्रो शरीरको सबै प्रणालीहरूलाई सन्तुलन राख्ने प्रणाली (Homeostasis) नै आन्तरिक गॉजा प्रणाली (Endocannabinoid System) हो। गॉजा र प्राणीबीच यति निकटको सम्बन्ध छ।
१५. नेपाल वार्षिक करिब रू २० अर्ब मूल्यको गॉजा फँडानी गरिने अनुमान छ। यो नेपालमा उब्जनी हुने गॉजाको ०.१% पनि हैन।
१६. नेपाली शासक र प्रशासक बहुलाएका छन्, जो नेपालको अतुलनीय बहुमूल्य श्रोत हो, जो घनिष्ट मित्र हो उसलाई नै जानी दुश्मन ठानेको छ। कंगालहरूको कर्म फुटेकै हुन्छ।

बिज्ञापन

( लेखक नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय )

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृतलाई धरौटीमा छाड्न आदेश दिएपछि अदालतमै पिइन युवतीले बिष

गोकर्णमा पनि गडबडी : कौडीको भाउमा २७२२ रोपनी जग्गा २५ वर्षका यति होल्डिङ्सलाई

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रिजालद्वारा पदबाट राजीनामा

निलम्बन प्रक्रियामा उपसचिव, कीर्ते प्रकरणमा प्रहरी अनुसन्धानमा तानिए महानिर्देशक

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

बिशेष